शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सहदेव बस्नेत
जाजरकोट, वैशाख ४ गते । जाजरकोटका विभिन्न स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका–१२ अवलगुर्ताका अंकबहादुर मल्लका १३ वर्षीय छोरा जीवन मल्लको सोही स्थानस्थित भेरी नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ शव पोस्टमार्टमका लागि नगर अस्पताल दल्लीमा राखिएको छ ।
त्यस्तै, छेडागाड नगरपालिका–१२ स्थित कीदुर छेडा खोलामा करिब ४५ वर्षका एक पुरुषको बेवारिसे शव खोलामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त शवको हालसम्म पहिचान खुल्न सकेको छैन । स्थानीयका अनुसार मृतक लिसा कम्पनीमा काम गर्ने कामदार हुन सक्ने अनुमान गरिएको छ ।
जाजरकोटका डीएसपी बसन्तकुमार शर्माले बेवारिसे शव जिल्ला अस्पताल जाजरकोटमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।