विपत् उद्धारका लागि विमानस्थलमा पोखरी
कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा सुर्खेत विमानस्थलभित्र मानवीय सहायता तथा विपत् उद्वारका लागि पोखरी निर्माण गर्न लागेको छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरबेसको हाताभित्र निर्माण हुने पोखरीको शिलान्यास गर्नुभयो । सो पोखरीबाट आगलागीका घटनामा हेलिकोप्टरमार्फत पानी भरेर जङ्गलको डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने जनाइएको छ ।
हवाई यात्रु चार्टर उडानको भाडा तीर्न बाध्य
हुम्लाबाट नेपालगञ्ज झर्ने हवाई यात्रुहरु यतिबेला चार्टर उडानको भाडा तीर्न बाध्य हुँदै आउनुभएको छ । जाडोका कारण नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थल जाने यात्रु नहुने र भए पनि कम हुने भएका कारण नीजि एयरलाइन्सहरुले चार्टर उडानको भाडा लिने गर्दै आएका हुन् ।
जाजरकोट नेकपाबाट १३ जना उम्मेदवारको नाम सिफरिस
फागुन २१ गते सरकारले घोषण गरेको प्रतिनिधि सभा निर्वाचनका लागि छ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
गाउँमै थन्कियो राडीपाखी, उद्यमी चिन्तित
विषेश गरी राडीपाखी उत्पादक उद्यमीहरुको गाउँको रुपमा अलग्गै पहिचान बनाएको छ । करिव एक सय घरधुरी रहेको यस गाउँका अधिकांस परिवार राडीपाखी उत्पादक छन् ।
बढेन कर्णालीको बजेट खर्च
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा पनि बजेट कार्यान्वयनको गति बढाउन सकेको छैन । यस वर्ष पनि विकास बजेट खर्च निराशाजनक नै छ ।
आगलागीमा छोराको मृत्यु, आमा घाइते
हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीमा शुक्रबार साँझ भएको आगलागीमा १६ महिनाका रेबेन्द्र जेठाराको जलेर मृत्यु भएको छ भने उहाँकी आमा बर्रा जेठारा घाइते हुनु भएको छ ।
गाउँबस्तीमा चुनावी चहलपहल
सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेपछि यहाँका गाउँबस्तीमा चुनावी चहलपहल बढेको छ । उम्मेदवारको सिफारिसदेखि लिएर नेताहरूले जनतासँग भेटघाट पनि सुरु गरिसकेका छन् ।
मापदण्डविपरीत बालगृह
कर्णालीमा दर्जनभन्दा बढी बालगृह सञ्चालनमा छन् । ती बालगृहले कानुनी मापदण्ड पूरा गरेका छैनन् । प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका बालगृहमा हजारौँ बालबालिका आश्रित छन् ।
उपचारका लागि अपिल
जुम्लाको गुठीचौर गाउँपालिका–१ की दुर्गा बस्नेत गम्भीर स्वास्थ्य समस्याबाट पीडित हुनुभएको छ । उपचारका लागि आवश्यक आर्थिक स्रोत अभाव हुँदा उहाँको उपचारमा समस्या उत्पन्न भएको छ । केही समयदेखि दुर्गाको शरीरका विभिन्न भागमा गम्भीर सङ्क्रमण देखिएको छ ।
प्रतिनिधिसभा निर्वाचन : हुम्लामा ६० मतदानस्थल र ६४ मतदानकेन्द्र निधारण
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा ६० मतदानस्थल र ६४ वटा मतदानकेन्द्र निर्धाण गरिएका छन् । यसमा दुई वटा मतदानस्थल र नयाँ चार वटा मतदान केन्द्र थपिएका हुन् ।
सुर्खेत–जुम्ला सडकको कालीकोट खण्डमा कालोपत्रे हुँदै
कालीकोट/कर्णाली प्रदेशको राजधानीबाट अपर कर्णाली जोड्ने मुख्य यातायात मेरुदण्ड मानिने सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालीकोटको हुल्म–मान्म खण्डमा कालोपत्रेको काम भइरहेको छ ।
रिप गाउँमा आगलागी : दुई घाइते, पाँच घरमा क्षति
सर्केगाड गाउँपालिका– २ स्थित रिप गाउँमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घर जलेको स्थानीय बिजय फडेराले जानकारी दिनुभयो ।
पालिकामै पहिलो पटक पानी परीक्षण हुँदै
दिगो विकासको लक्ष्य समेत रहेको स्वच्छ पानीको लागि सल्यानका पालिकाले निःशुल्क खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालन गर्ने भएका छन् ।
दुई दिनदेखि आवत–जावत ठप्प
हुम्लाको सदरमुकाम सिमकोट नजिकैको सडकमा ट्रक फसेपछि आवत–जावतमा समस्या भएको छ । जिल्लाको सदरमुकाम सिमकोटको मानसरोबर विद्यालय नजिकै लु.प्रं.०१.००१ ख ०६४७ नम्बरको ट्रक फसेपछि आवत–जावतमा समस्या भएको हो ।
दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी
जाजरकोटका कल्पना नेपालीलाई छालामा देखिएको रोगले लामो समयदेखि पीडा भइरहेको थियो । उपचारका लागि परिवारले उहाँलाई एक दिन पैदल हिँडेर जिल्ला अस्पताल पु¥याए ।
कर्णाली काेरिडोर खण्डमा सवारी दुर्घटना : छ जना घाइते
जमुना हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०९२४ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा छ जना घाइते भएका हुन् ।
कार्यविधि नआउँदा आयआर्जनका कार्यक्रम सञ्चालनमा समस्या
आयआर्जनका कार्यक्रमका लागि सूचना जारी गरेर प्रास्तावना माग गरिएको भए पनि छनोटमा समस्या आएको छ । नयाँ कार्यविधि नआउदा आयआर्जनका कार्यक्रम सञ्चालनमा समस्या भएको हो ।
निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास र अपरिहार्य व्यवस्था भएकाले निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पुर्याइ शासनको वैधानिकता प्रदान गर्ने मूल प्रणाली रहेको बताउनुभएको छ ।
हातहतियार खोज्दै प्रहरी
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लाका विभिन्न गाउँमा अवैध हातहतियारको खोजी अभियान तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर बरालले निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत गाउँ गाउँमा हातहतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा खोजी भइरहेको जानकारी दिनुभयो ।
प्रदेश सभाको बैठक सूचना प्रविधि कक्षमा
कर्णाली प्रदेश सभाको आगामी हिउँदे अधिवेशनको बैठक सूचना प्रविधि कक्षमा बस्ने भएको छ । जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते कर्णाली प्रदेश सभामा आगजनी भएको थियो । आगामी माघ २१ गतेदेखि हुने हिउँदे सभाको बैठक प्रदेश सभाको परिसरमा रहेको सूचना प्रविधि कक्षमा बस्ने भएको हो ।
हिउँद सुरु भएसँगै खर काट्ने चटारो
सल्यानका ग्रामीण भेगमा हिजोआज स्थानीयहरूलाई खर, घुरो काट्ने चटारो छ ।
लागुऔषधको दलदलमा युवा
जिल्ला प्रहरी कार्यालय जुम्लाको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्ने हो भने यहाँका युवा लागुऔषधको दलदलमा फस्दै गएको देखिन्छ ।
जलेको नापीबाट किस्ताबन्दीमा सेवा
जेनजी समूहद्वारा गत भदौ २४ गते आगजनी भएको नापी कार्यालय सुर्खेतले सेवाग्राहीलाई किस्ता किस्तामा सेवा दिन थालेको छ । गत मङ्सिर १ देखि अनलाइनमा भएका कित्ताको नक्सा प्रिन्ट गरी उपलब्ध गराउने (नेलिस प्रणाली) को मात्र सेवा सुरु गरेको कार्यालयले यही पुस १ देखि नेलिस प्रणालीमा रहेका अधिकांश कित्ताको फिल्ड रेखाङ्कन, कित्ताकाट, लगतकट्टा र कित्ता एकीकरणको सेवा सुरु गरेको हो ।
महिला जनप्रतिनिधिको गुनासो
स्थानीय तहमा निर्वाचन महिला जनप्रतिनिधिले आफ्नो भूमिका केवल औपचारिकतामा मात्र सीमित रहेको गुनासो गरेका छन् । स्थानीय तहका वडा तथा कार्यपालिका सदस्यमा निर्वाचित महिला जनप्रतिनिधिले वास्तविक प्रभाव नपाएर कागजमा हस्ताक्षर गर्ने वा निर्णयको वैधानिकताको साक्षी बस्नुमै सीमित भएको अनुभव सुनाएका छन् ।