पुरानै शैलीबाट काम गर्ने प्रवृत्ति अन्त्य गर्नूस् : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका मन्त्री र सचिवलाई राखेर पुरानै शैलीबाट काम गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय वीरेन्द्रनगरमा आयोजित बजेट कार्यान्वयनको अवस्था, आयोजना छनोट मापदण्ड र कार्यविधिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले बजेट कार्यान्वयनमा भइरहेको ढिलाइ र कामको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गर्दै सो निर्देशन दिनुभएको हो ।
भौतिक संरचना र लागुऔषध नियन्त्रणमा सुधार
संयुक्त अधिराज्य (बेलायत) सरकारको सहयोगमा ‘युएनउप्स’ ले सञ्चालन गरेको सुरक्षा तथा न्याय कार्यक्रम अन्तर्गत समुदाय प्रहरी साझेदारी कार्यक्रमको समीक्षा गरिएको छ । कर्णाली प्रदेशका सुर्खेत, सल्यान र जाजरकोटका विभिन्न स्थानीय तहमा १८ महिनादेखि सञ्चालन गरिएको सो कार्यक्रमबाट प्रहरीका भौतिक संरचना निर्माणदेखि लागुऔषध नियन्त्रणमा सकारात्मक उपलब्धि भएको जनाइएको छ ।
तिला नदीमा बेलिब्रिज बन्ने
बाढीले पुल बगाएर सम्पर्कविच्छेद भएको भैँसीगौँडामा बेलिब्रिज निर्माण हुने भएको छ । जिल्लाको तिलागुफा नगरपालिका–६ देखि ९ जोड्ने तिला नदीमाथि बेलिब्रिज बन्ने भएको हो ।
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
तिला गाउँपालिका–५, खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–३ कुमालगाउँमा एक महिलाको हत्या भएको पुष्टि भएको छ ।
हुम्लामा आर्थिक गणना कार्यालय स्थापना
जिल्लामा आर्थिक गतिविधिहरूको विवरण सङ्कलन गर्न हुम्लामा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ।
शैक्षिक पूर्वाधार विकासको प्रतिबद्धता
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको समानुपातिकतर्फबाट कालीकोटका कालीबहादुर सहकारी प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । २०१४ साल चैत ७ गते कालीकोटको नरहरिनाथ गाउँपालिका–५, रुप्सामा जन्मिएका सहकारीले प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “त्यतिबेला घरनजिक शैक्षिक संस्था थिएन । त्यसैले पनि शैक्षिक यात्रा अगाडि बढाउन सकिएन ।”
आठ वर्षपछि पक्की पुल
कर्णाली कोरिडोरको सिमकोट–हिल्सा सडकखण्डको हेक्पाखोलामा सम्झौता भएको आठ वर्षपछि पक्की पुलको निर्माण सम्पन्न भएको छ । हिल्सा–सिमकोट सडक योजनाको पटक पटक म्याद थप र ताकितापछि सो पुल निर्माण भएको हो ।
योजनाको भइसक्यो भुक्तानी आउँदैन धारामा खानेपानी
सदरमुकाम सिमकोटको खानेपानी समस्या दिगो रूपमा समाधान गर्नका लागि निर्माण भएको बृहत् खानेपानी योजनाको अन्तिम भुक्तानी भइसकेको छ तर सो आयोजनाबाट बनेका धारामा पानी भने आएको छैन । योजना अन्तर्गत निर्माण कम्पनीले आफ्नो काम सम्पन्न भएको जनाए पनि उपभोक्ताले गर्नुपर्ने काम नगरेका कारण धारामा पानी नआएको बताएको छ । योजनाको काम सकिएबापत खानेपानी तथा ढल निर्माण कार्यालय जुम्लाबाट अन्तिम भुक्तानी भइसकेको छ ।
कालीकोटमा घरमै मृत भेटिइन महिला
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा ३ कुमालगाउँमा एक महिलाको घरमै रहस्यमय मृत्यु भएको छ ।
कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव चन्दले लिनुभयो शपथ
कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रविन्द्र चन्दले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
विकास बजेटमा कर्णालीलाई प्राथमिकता दिन कर्णालीका सांसद्हरुको प्रधानमन्त्रीसँग आग्रह
कर्णाली प्रदेशलाई आगामी आर्थिक वर्षको विकास बजेटमा प्राथमिकतामा राख्न कर्णालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन् ।
सल्यान कुमाखमा पातलो प्लास्टिक झोला प्रयोगमा कडाइ
सल्यानको कुमाख गाउँपालिकाले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गरेको छ।
कर्णालीमा बजेट र सडक विस्तार गर्न शाहीको अपिल
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता एवं जुम्लाका प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहसमक्ष कर्णाली प्रदेशको विकाससँग सम्बन्धित बजेट, पूर्वाधार र नीतिगत समस्याको विषयमा ब्रिफिङ गर्नुभएको छ ।
छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाल एयरलाइन्सद्वारा सुर्खेत सिमकोट उडान सुचारु
लामो समयपछि नेपाल एयरलाइन्सले कर्णाली प्रदेशका राजधानी सुर्खेतबाट सिमकोटका लागि उडान सुचारु गरेको छ ।
निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड
नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा जिल्लाका प्रबुद्ध व्यक्तिहरूले निष्पक्ष र स्वतन्त्र पत्रकारिता गर्न सुझाव दिनुभएको छ।
समान सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कालीकोटबाट नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)ले समानुपातिकबाट यशुदा बराललाई सङ्घीय सांसद बनाएको छ । उहाँ अपाङ्गता क्लस्टरबाट सांसद बन्ने अवसर पाउनुभएको हो । उहाँको दायाँ खुट्टा केही छोटो छ । चार वर्षको उमेरमा ढुङ्गामा च्यापिएपछि उहाँको दायाँ खुट्टा छोटो भएको हो ।
निलो बन्दै बस्ती, ओझेलमा पुरानो पहिचान
ग्रामीण क्षेत्रमा सडक विस्तारले नागरिकको दैनिकी सहज बनाए पनि परम्परागत संस्कृति भने बिस्तारै हराउँदै गएको छ। सडकको पहुँचसँगै गाउँमा खरले छाइने घरका छाना अहिले जस्तापाताले ढाकिन थालेका छन्।
स्वर्गीय शाह स्मृति पत्रकारिता पुरस्कार शर्मा र सिंहलाई प्रदान
नेपाल प्रेस युनियन जाजरकोट शाखाले प्रदान गर्ने स्वर्गीय रविन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार यस वर्ष बालकुमार शर्मा र सुरेन्द्रबहादुर सिंहलाई प्रदान गरिएको छ।
चार जनालाई आजीवन जन्मकैदको मागसहित अदालतमा अभियोगपत्र दायर
सुर्खेतकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।
सल्यानमा एमालेको प्रदर्शन र जिल्ला प्रशासनमार्फत ज्ञापनपत्र पेश
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सल्यानले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सदरमुकाम खलङ्गामा प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय मार्तफ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
व्यावहारिक शिक्षामा जोड : सुर्खेतको सयपत्री एकेडेमीको नमुना अभ्यास
वीरेन्द्रनगर नगरपालिका–२, सिम्लेमा रहेको सयपत्री एकेडेमीले परम्परागत पाठ्यक्रमसँगै व्यावहारिक शिक्षालाई जोड दिँदै विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै आएको छ । विद्यालयले हरेक शुक्रबार अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्ने अभियान सञ्चालन गरिरहेको हो ।
कर्णालीका ७ पालिकालाई नवप्रवर्तन कार्यक्रमअन्तर्गत तीन करोड ४० लाख अनुदान
कर्णाली प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कोषअन्तर्गत सल्यानको शारदा नगरपालिका सहित सात वटा स्थानीय तहलाई कुल ३ करोड ४० लाख रुपियाँ अनुदान प्रदान गर्ने निर्णय गरेको छ।