हिमाली जिल्लामा ग्यास अभाव, उपभोक्ता लाइनमा
कालीकोट, जुम्ला लगायतका हिमाली जिल्लामा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्ताहरू खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य भएका छन् ।
जुम्लामा ग्यास लिनेको भीड, प्रशासनले सुरु गर्यो अभिलेख प्रणाली
अन्तर्राष्ट्रिय स्तरमा तेल उत्पादक देशहरूमा बढ्दो तनावको प्रभाव जुम्लामा पनि देखिन थालेको छ ।
स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा सिमकोट गाउँपालिका पहिलो
स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका जिल्लामै पहिलो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन २०८१–०८२ को अन्तिम नतिजाअनुसार सिमकोट गाउँपालिका जिल्लाका सात स्थानीय तहमध्ये पहिलो स्थानमा परेको हो।
पश्चिम विजयमा दैलेखको कोतगढी
दैलेख जिल्लाको नारायण नगरपालिका–१, पुरानो बजारमा कोतगढी छ । यो गढी नेपाल एकीकरणताका विसं १८४६ कात्तिकमा दैलेख नेपालमा विलय भएपछि राजा रणबहादुर शाहको राज्यकाल र बहादुर शाहको नायबीकालमा त्यसबेला सरदार रहेका अमरसिंह थापा (पछि बडाकाजी) को निर्देशन, रेखदेख र सक्रियतामा नेपाली फौजले निर्माण गरेको थियो । आधुनिक नेपाल एकीकरणअघि हाल दैलेखमा पर्ने भूभाग दुल्लु र विलासपुर राज्यमा पर्थे ।
पिछडिएका क्षेत्रका मुद्दा संसद्मा उठाउँछु
एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लाबाट यस पटक प्रतिनिधि सभा सदस्यमा जयपति रोकाया निर्वाचित हुनुभएको छ । संसद्मा कर्णाली क्षेत्रमा पिछडिएका जनताको अवाजलाई नियम निर्माणको तहमा लैजाने प्रतिबद्धता उहाँले जनाउनुभएको छ । गोरखापत्रसँग विशेष कुराकानीमा उहाँले भन्नुभयो, “विशेष परिस्थितिमा भएको चुनावका क्रममा जनतामाझ गएपछि पिछडिएको र दुर्गम क्षेत्रलाई प्राथमिकतामा राख्ने भनेको छु ।”
सल्यान शारदा नगरपालिकामा रेबिज विरुद्ध खोप अभियान सुरु
शारदा नगरपालिका पशु सेवा शाखाले पालिकाभित्रका छाडा र घरपालुवा कुकुरहरूलाई रेबिज रोगविरुद्ध खोप लगाउने अभियान सुरु गरेको छ।
विद्यालयमा खानेपानीको अभाव, एक हजार विद्यार्थी समस्यामा
गर्मी सुरु भएसँगै मुहान सुक्दा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ शंखपिपल, च्युरास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा खानेपानीको चरम सङ्कट भएको छ ।
५३ वर्षीय गोविन्द : नाै वटानिर्वाचनमा म्यादी प्रहरी
नेपालमा विभिन्न समयमा सम्पन्न भएका नाै वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य स्वागत गरिएको छ ।
शारदा नगरपालिकाले घरबिमाबाट दुई परिवारलाई क्षतिपूर्ति प्रदान
शारदा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क घरबिमा कार्यक्रमअन्तर्गत यस वर्ष दुई घरधुरीले क्षतिपूर्ति पाएका छन्।
जनकल्याण मावि आफ्नै भवनमा
हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ स्थित जनकल्याण माध्यामिक विद्यालय आफ्नै भवनमा स्थानान्तरण भएको छ ।
हेलिबाट उद्दार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु
बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचारको क्रममा मृत्यु भएको हो ।
लिमीका मतदाता कामका लागि ताक्लाकोट फिर्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न चीनको ताक्लाकोटबाट आएका नाम्खा गाउँपालिका–६ लिमीका मतदाता मतदान सकिएपछि पुनः कामका लागि ताक्लाकोट फर्किएका छन्।
इनिसाको बलात्कारपछि हत्या भएको पुष्टि
इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोस्टमार्टम रिपोर्ट र पीडकको बयानपछि प्रहरी इनिसाको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको हो ।
‘विकास पहिलो प्राथमिकता’
सल्यानबाट प्रतिनिधि सभामा पहिलो पटक नवनिर्वाचित सांसद रमेश मल्लले जिल्लाको विकासका लागि सडक तथा आधारभूत पूर्वाधार सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
कार्यसम्पादनमा दार्मा गाउँपालिका पहिलो
स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा सल्यानको दार्मा गाउँपालिका जिल्लामा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन २०८१/०८२ को अन्तिम नतिजाअनुसार सल्यान जिल्लामा दार्मा गाउँपालिका ७६.४० अङ्क प्राप्त गर्दै जिल्लाभित्रका सबै स्थानीय तहमध्ये उत्कृष्ट कार्यसम्पादनमा पहिलो भएको हो ।
करणीपछि रक्तस्रावका कारण किशोरीको मृत्यु भएको पुष्टि
जबरजस्ती करणीपछि अत्यधिक रक्तस्रावका कारण इनिसा विकको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
रुकुमपश्चिमका ९४९ निर्वाचन प्रहरीको बिदाइ
फागुन २१ गते सम्पन्न निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरुको औपचारिक रुपमा बिदाइ गरिएको छ ।
सुत्केरीको हेलिकप्टरबाट उद्धार
जुम्लाबाट १८ वर्षीया किश्वरीको हेलिकप्टरबाट उद्वार गरिएको छ । तिला गाउँपालिका वडा–३ की १८ वर्षीया अस्मिता नेपालीको नेपाली सेनाको हेलिकप्टर मार्फत जुम्लाबाट सुर्खेत उद्धार गरिएको हो ।
३१ वर्षदेखि चुनावी मुद्दा मात्रै बन्दै कर्णाली राजमार्ग
राजमार्गमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने राजनीतिक दलका नेताहरूले यसलाई हरेक निर्वाचनमा प्रमुख कार्यसूची बनाउँदै आएका छन् ।
मुगुमा छ सय २६ निर्वाचन प्रहरीको बिदाइ
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुगुमा परिचालन गरिएका ६ सय २६ जना निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिएको छ ।
क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ
वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ ।
हुम्लामा विद्यालय खुलेकै दिन विद्यार्थीका हातमा पाठ्यपुस्तक
हिमाली जिल्ला हुम्लाका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएकै दिन विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेका छन्। समयमै पाठ्यपुस्तक सप्लायर्सले ढुवानी गरेर गाउँपालिकासम्म पुर्याएकाले हिउँदे बिदापछि विद्यालय सञ्चालन हुँदा विद्यार्थीले पाठ्यपुस्तक पाएका हुन्।
विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण
हुम्लाको अदानचुली गाउँपालिका–२ कुलाला गाउँका दलित समुदायका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।
बालिका बलात्कारपछि हत्या
गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ को सहिद पार्कनजिकको जङ्गलमा एक बालिकालाई बलात्कार गरी हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ । गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्ने १६ वर्षीय बालिका इनिशा विकलाई चार जना किशोरले बलात्कारपछि हत्या गरेको भन्दै आफन्तले निष्पक्ष छानबिनको माग गरेका हुन् ।