गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी
गृह जिल्ला रुकुमपश्चिम आएको बेला प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा विरुद्ध नाराबाजी र कालोझन्डा देखाएर विरोध गरिएको छ ।
जडीबुटी सङ्कलकको ओढारमा बास
बनमा जडीबुटी सङ्कलक किसानहरुलाई ओढारमा बास बस्नुपर्ने बाध्यता छ ।
मध्यरातसम्म सेवा प्रदान
जिल्लास्थित सामाजिक विकास कार्यालयले मध्यरातसम्म आफ्नो सेवा प्रदान गर्ने गरेको छ । चालु आवमा सञ्चालन गरिने धेरै योजनाको पेस्की भुक्तानी दिने काम गर्नु परेको र सेवाग्राहीको चाप बढी भएपछि राति १२ बजेसम्म सेवा दिने गरेको हो ।
राडार मर्मत गर्न डेढ करोड रुपियाँ
जल तथा मौसमजन्य विपत्बाट जोगाउनका लागि तत्कालको मौसम पूर्वानुमान गर्न निर्माण गरिएको सुर्खेतको मौसमी राडार बिग्रेको तीन वर्ष भयो । मर्मत गर्न नसकिएको सो राडार चालु आर्थिक वर्षमा डेढ करोड रुपियाँ बजेट विनियोजन गरिएपछि आगामी वर्षायामदेखि सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।
सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई यसै वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्ने भएको छ । स्वयंसेविकाले पनि कोषमा जोड्न माग गर्दै आएकाले नगरपालिकाले यसै आर्थिक वर्षभित्र उनीहरूलाई कोषमा जोड्ने गृहकार्य भइरहेको जनाएको छ ।
नतिजा सुधार्न साप्ताहिक परीक्षा
शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक बिद्यालयले साप्ताहिक परीक्षाको अभ्यास सुरु गरेका छन् । सामुदायिक बिद्यालयले नियमितसँगै अतिरिक्त कक्षा सञ्चालन गरेर नतिजा सुधार्ने प्रयास गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिका लागि अवसर नभएको गुनासो
जाजरकोटमा अपाङ्गता भएका व्यक्तिहरुका लागि राज्यले अवसर नदिएको गुनासो गरेका छन् । राज्यका विभिन्न तहमा रहेका निकायहरु बाट आफुहरुका लागि प्रयाप्त जीवन निर्वाहको अवसर नदिएको उनिहरुको गुनासो रहेको छ ।
सूचना प्रविधिमा विश्वास गर्दैन राउटे समुदाय
सूचना प्रविधिको यतिको विकास भए पनि राउटे समुदाय आफूलाई त्यसबाट टाढा राखेको छ । आफ्नो मौलिकता गुम्ने हो कि डरले उनीहरू मोबाइल जस्ता सञ्चार प्रविधि प्रयोगमा ल्याउँदैन ।
तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने
जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ ।
कपुरकोटमा सफारी दुर्घटना, छ जना घाइते
सल्यानमा सफारी गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–३, नयाँरोड नजिकै शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१४, बाँकेज्युलास्थित भेरी काेरिडोरमा जिप दुर्घटना भएको छ । शुक्रबार दिउँसो जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोटको राडीतर्फ जाँदै गरेको लु १ ज २०८२ नम्वरको जिप दुर्घटना भएको हो ।
तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने
जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि रु सात अर्ब लाग्ने भएको छ ।
रुख कटानको काम अन्तिम चरणमा
भेरी लिफ्टिङ आयोजना अन्तर्गत रुख कटानको काम अन्तिम चरणमा पुगेको छ । वीरेन्द्रनगरमा दीर्घकालीन विकल्पका रूपमा भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउने परियोजना अनुरू
लाइसेन्समा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक्स प्रणाली लागू
सवारी अनुमति पत्र (लाइसेन्स)को परीक्षामा नक्कली परीक्षार्थीहरुको प्रवेश रोक्नका लागि यातायात व्यवस्था कार्यालय सुर्खेतले नयाँ जुक्ति अवलम्बन गरेको छ ।
अत्यधिक चिसोले योजना निर्माण कार्य बन्द
उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाको काम चार महिनाको लागि बन्द गरिएको हो ।
दस वर्षपछि गल्फागार्ड श्रीनगर सडकको स्तरोन्नती गर्ने कार्य सुरु
अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागार्डदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । सडकको ट्रयाक खुलाएको दस वर्षपछि उक्त सडकको स्तरोन्नतीका साथै कालो पत्रे गर्ने कार्य सुरु गरिएको हो ।
‘महिला कार्यालय प्रमुखलाई पत्याइँदैन !’
जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा देवी चालिसे २०७३ चैत ४ गते हाजिर हुनुभयो । हाजिर भएको पाँच महिनामा उहाँको २०७४ भदौ १२ गते सरुवा भयो । जिल्लाका ११ स्थानीय तहमध्ये एक मात्र महिला प्रमुख प्रशासकीय अधिकृतको समय अवधि नपुग्दै सरुवा हुनुले कार्यालय प्रमुखमा महिलालाई नपत्याउने समस्या भएको देखिन्छ ।
सिटी हलको दोस्रो चरणको काम चालु आवदेखि
चालु आर्थिक वर्षदेखि वीरेन्द्रनगर सिटी हल (सभा गृह) निर्माणको दोस्रो चरणको काम सुरु हुने भएको छ । गत आर्थिक वर्ष नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । पुरानो ठेक्का रद्द गरिएपछि सिटी हल निर्माणको दोस्रो चरणको काम अघि बढाइएको हो ।
धान्यपूर्णिमा मेलाका दिन सार्वजनिक बिदा
धान्यपूर्णिमा मेलाको अवसरमा सल्यानको कालीमाटी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
हुम्लामा थपियो दुई वटा मतदानस्थल
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा दुई वटा मतदानस्थल थपिएका छन् ।
थातथलो छोड्दै भूकम्पपीडित
भूकम्प प्रभावित जिल्ला जाजरकोटका विभिन्न पालिकावासीले भूकम्पपछि पुख्र्यौली थातथलो छोड्न थालेका छन् । सरकारले दोहोरो घर भएका भूकम्प प्रभावितका घर पुनर्निर्माण नगर्ने भएपछि उनीहरूले पुख्र्यौली थलो छोड्न थालेका हुन् ।
तीन पालिका निमित्तका भरमा
जाजरकोट जिल्ला समन्वय समितिसहित तीन वटा स्थानीय तह निमित्तका भरमा सञ्चालनमा रहेका छन् । भेरी नगरपालिका, छेडागाड नगरपालिका, नलगाड नगरपालिकासहित जिल्ला समन्वय समिति निमित्तका भरमा सञ्चालनमा रहेका हुन् । यी कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तले काम गरिरहेका छन् ।
म्याद सकियो, प्रगति आधा
जिल्लाको रास्कोट नगरपालिकाको मुख्य सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको म्याद सकिए पनि काम भने ४५ प्रतिशत मात्र भएको छ । ठेक्का अवधिभरि काम नगरेकाले प्रगति ४५ प्रतिशत मात्र भएको हो ।
सुस्तमनस्थिति हुनुभएका रविलालको न घर, न जमिन
बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउँदै गर्दा धेरै अपाङ्गता भएका व्यक्तिको अधिकार र जीवनयापन, स्वास्थ्य अवस्था, शिक्षाको अवस्थाको विषय अहिले पनि नाजुक अवस्थामा रहेको पाइन्छ ।