वनस्पतिबाट बायोचार उत्पादन तथा वनमारा व्यवस्थापनबारे मार्गदर्शन
सल्यानमा हानिकारक मिचाहा प्रजातिका वनस्पतिबाट बायोचार उत्पादन गर्ने, जैविक मलको सम्भावना एवं जिल्लामा जारी मिचाहा वनस्पति व्यवस्थापन अपडेटसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
विषयगत समिति सक्रिय
यतिबेला कर्णाली प्रदेश सभाको अधिवेशन बन्द छ । गत साउन महिनामा सकिएको प्रदेश सभाको बर्खे अधिवेशनपछि आगामी माघ महिनामा हिउँदे अधिवेशनको तयारीमा छ । यो अवधिमा प्रदेश सभामा ‘मिनी संसद्’ का रूपमा परिचित विषयगत समिति भने सक्रिय छन् । गत साउनदेखि मङ्सिरको दोस्रो सातासम्म २८ वटा बैठक बसेका छन् । प्रदेश सभामा सामाजिक विकास समिति, अर्थ तथा प्राकृतिक समिति, प्रदेश मामिला तथा विधायन समिति र सार्वजनिक लेखा समिति छन् । सबैभन्दा धेरै सामाजिक विकास समितिको १६ पटक बैठक बसेको छ ।
बढ्दै हृदयाघातका बिरामी
सल्यानमा हृदयाघातका बिरामी बढ्दै गएका छन् । धूमपान र मदिरा सेवन, उच्च रक्तचाप तथा मधुमेह, तनाव एवं अनियमित जीवनशैली जस्ता कारण पछिल्लो वर्ष यता हृदयाघातका घटनामा वृद्धि देखिएको हो । जिल्ला अस्पताल सल्यानमा आर्थिक वर्ष २०८०/८१ मा चार जना मात्र रहेको हृदयाघातका घटना गत आर्थिक वर्ष २०८१/८२ मा १८ पुगेको छ ।
कक्षा रित्तिएपछि विद्यालय समायोजन
पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–३ मा रहेको नवज्योति प्राथमिक विद्यालयमा मुस्किलले पाँच/छ जना विद्यार्थी हुन्थे । गत शैक्षिक सत्रमा पनि बालविकास कक्षाका समेत लगाएर आठ जना विद्यार्थी मात्रै थिए । लामो समयदेखि विद्यार्थी सङ्ख्या घट्दै गएपछि उक्त विद्यालयलाई नजिकैको नेपाल राष्ट्रिय आधारभूत विद्यालय औलपराजुलमा समायोजन गरिएको छ ।
अदानचुली गाउँपालिकाको नयाँ प्रशासकीय भवन बन्ने
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको नयाँ प्रशासकीयय भवन निर्माण यसै वर्षबाट सुरु हुने भएको छ ।