सहदेव बस्नेत
जाजरकोट, चैत २ गते । नलगाड नगरपालिकाको नगरसभा तथा १७औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले विभिन्न प्रस्तावमा छलफल गर्नुका साथै चार वटा महत्त्वपूर्ण विधेयक पारित गरेको छ।
नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्कबहादुर परियारले पालिकामा आवश्यक नीति तथा कानुनी व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले महत्त्वपूर्ण विधेयकहरू पारित गरिएको जानकारी दिनुभयो।
नगरपालिकाकी उपप्रमुख देवका लामिछानेका अनुसार अधिवेशनले नलगाड नगरपालिकाको फोहोरमैला व्यवस्थापन गर्न बनेको विधेयक–२०८२ र नलगाड नगरपालिकाको विज्ञापन व्यवस्थापन गर्न बनेको विधेयक–२०८२ पारित गरेको छ।
त्यसैगरी नलगाड नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतसम्बन्धी विधेयक–२०८२ र नलगाड नगरपालिकाको आर्थिक तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक–२०८२ पनि अधिवेशनबाट पारित भएका छन्।
नगरप्रमुख डम्बरबहादुर रावतले नगरसभा तथा अधिवेशनले पालिकाका लागि आवश्यक महत्त्वपूर्ण विधेयक पारित गर्दै सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो।