• २ चैत २०८२, सोमबार

सडेको अवस्थामा युवकको शव फेला

blog

शंकर केसी
सल्यान, चैत २ गते ।
सल्यानमा बेपत्ता एक युवकको शव सडेको अवस्थामा फेला परेको छ । आफ्नो घरबाटै बेपत्ता भएका सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ६ भुर्तिबाङका २६ वर्षीय बालकृष्ण चन्द एक सातापछि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनि कुमाख गाउँपालिका–५ ठूलाखोलास्थित खोल्सामा मृत अवस्थामा फेला परेका हुन् । सडेको अवस्थामा शनिबार शव फेला परेको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले बताउनुभयो । मोबाइल फोनबाट बालकृष्णको शवको पहिचान खुलेको हो ।

प्रहरी निरीक्षक केसीका अनुसार शव जिल्ला अस्पताल सल्यानमा ल्याएर राखिएको छ । घरबाट घुम्न निस्किएका युवक फागुन २५ देखि बेपत्ता  थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।