कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालको भिडियो एक्सरे, अल्ट्रासाउण्डलगायत सेवा एक महिनादेखि बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको छ ।
सुझाव माग्न गाउँ पस्दै एमाले
नेकपा (एमाले) कर्णाली प्रदेशले पार्टीको बिधान संशोधनको सुझाव माग्न गाउँ केन्द्रीत कार्यक्रम गर्ने भएको छ । बिधान संशोधनमा ग्रामीण क्षेत्रका नेता कार्यकर्ता बुद्धीजिवीहरुको सुझाव लिन गाउँ पस्ने निर्णय गरेको हो ।
गंगामाला मन्दिरको पर्खाल भत्कियो
प्रसिद्ध कालिमाटी गंगामाला मन्दिरको पर्खाल भत्किएको छ । लगातारको बर्षाको कारण पर्खाल भत्किदा मन्दिर जोखिममा परेको छ। कालिमाटी गाउँपालिका वडा ३ स्थित गंगामाला भगवतीको मन्दिरको तल्लो पर्खाल भत्किएको वडा अध्यक्ष शिवबहादुर खत्रीले जानकारी दिनुभयो ।
राप्ती राजमार्ग : कपुरकोटमा पहिरोले दाङ–सल्यान सडक ठप्प
सोमबार रातिदेखि लगातार परेको वर्षाका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।
अवरुद्ध कर्णाली कोरिडोर खुल्यो
अविरल वर्षाका कारण अवरुद्ध हुम्लाको सर्केगाड गाउँपालिका–१ अन्तर्गत कर्णाली कोरिडोरको खच्चा सडक सञ्चालनमा आएको छ । खच्चा सडकमा माथिबाट खसेको पहिरो एक्साभेटरले फालेपछि सञ्चालनमा आएको हो ।
भीमदुलामा बढे आन्तरिक पर्यटक
खार्पुनाथ गाउँपालिका–५ को पर्यटकीय क्षेत्र भीमदुला अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । निक्कै अग्लो क्षेत्रमा रमणीय क्षेत्र भएका कारण आन्तरिक पर्यटक उक्त क्षेत्रमा जाने क्रम बढ्दै गएको हो ।
जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना
दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर वरालले बताउनुभयो ।
पर्यटन प्रवर्धन रणनीतिक योजना
कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न रणनीति योजना बनाएको छ । रणनीति योजना निर्माण गरेर पर्यटकीय क्षेत्रको पहिचान गर्न लागेको हो । ‘गन्तव्य कर्णाली एप’ निर्माण गरेर पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटन सूचना तथा अभिलेख केन्द्र स्थापना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
स्कर्पियो दुर्घटनामा चिकित्सकसहित आठजना घाइते
कालीकोटमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
सुर्खेत जाँदैगरेको जिप दुर्घटना, एक जना गम्भीर
जुम्लाबाट सुर्खेत जाँदै गरेको जिप दुर्घटना परेको छ । सो गाडीमा सवार राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयका प्रमुख कल्पना नेपाल आचार्यले गाडी दुर्घटनामा परेको जानकारी दिनुभयो ।
काभ्रा-कालिमाटी सडक खुल्यो
पहिरोको कारण अवरुद्ध बनेको लुहाम काभ्रा कालिमाटी सडकखण्ड ३० घण्टापछि खुलेको छ ।
खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै बस्तीमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ ।
सूर्यसँगै अस्ताउँछ टावरको सङ्केत
जिल्लाको शिवालय गाउँपालिकामा विगत दुई महिनादेखि रात र बिहानको समयमा मोबाइल नेटवर्क बन्द हुने गरेको छ । साँझ घाम अस्ताएलगत्तै नेटवर्क हराउने र भोलिपल्ट बिहान घाम लागेपछि मात्रै पुनः सुचारु हुने स्थानीयले गुनासो गरेका छन् ।
निर्देशकविहीन प्रदेश अस्पताल
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल फेरि निर्देशकविहीन भएको छ । प्रदेश अस्पतालका निर्देशक डा. केशरबहादुर ढकाल स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा बढुवा भएर गएपछि प्रदेश अस्पताल निर्देशकविहीन भएको हो । डा. ढकाल गत असार २४ गतेसम्म अस्पतालमा निर्देशकका रूपमा हाजिर हुनुभएको थियो । साउन १ गते उहाँ स्वास्थ्य मन्त्रालय जानुभएको छ ।
कर्णाली करिडोरको हुम्ला खण्डको खच्चामा सडक अवरुद्ध
अविरल वर्षाका कारण हुम्लाको सर्केगाड गाउँपालिका–१ अन्तर्गत कर्णाली कोरिडोरको खच्चा सडक अवरुद्ध भएको छ । अविरल वर्षा हुँदा खच्चा सडक खण्ड अवरुद्ध हुन पुगेको हो ।