वास्तविक परीक्षाअघि नमूना एसईई सुरु
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा ५ ले कक्षा १० का विद्यार्थीलाई यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि तयार बनाउन सोमबारदेखि नमूना परीक्षा सुरु गरेको छ ।
हुम्लामा समानुपातिकतर्फ काँग्रेस पहिलो
हिमाली जिल्ला हुम्लाका मतदाताले समानुपातिक मतगणना भई रहँदा नेपाली काँग्रेस पहिलो भएको छ ।
सल्यानमा १० जना उम्मेदवारको धरौटी जफत, चारजनाको मात्र जोगियो
सल्यान जिल्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको धरौटी जफत हुने भएको छ ।
रुकुमपश्चिममा समानुपातिकतर्फ नेकपा अग्रस्थानमा
रुकुमपश्चिममा समानुपातिक निर्वाचन तर्फको मतगणना जारी रहेको छ । सोमबार बिहानसम्म चार वटा पालिकाअन्तर्गतका मतदान केन्द्रहरुको मतगणना सम्पन्न भएको छ ।
सुर्खेत-२ को समानुपातिकतर्फ रास्वपा पहिलो
सुर्खेत–२ को समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ ।
सल्यानमा समानुपातिकतर्फ नेकपा अग्रस्थानमा
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सल्यान प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा समानुपातिकतर्फको मतगणनामा नेपाली कम्युनिष्ट पार्टी अग्रस्थानमा देखिएको छ।
हुम्लामा समानुपातिकमा काँग्रेसकाे अग्रता
हिमाली जिल्ला हुम्लाका मतदाताले समानुपातिक मतगणना भइरहँदा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
नवनिर्वाचित सांसद मल्लको प्रतिबद्धता : सडक सुधार र पूर्वाधार विकास
सल्यानबाट पहिलो मौकामा नै प्रतिनिधीसभामा स्थान बनाउन सफल नेपाली कम्युनिष्ट पार्टीका नेता रमेश कुमार मल्लले राप्ती लोकमार्ग, मदनभण्डारी लोकमार्गलाई आधुनिक सडकको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मुगुमा कांग्रेसका खड्क शाही निर्वाचित
मुगु जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार खड्क शाही विजयी हुनुभएको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको मुगुमा कांग्रेसका शाहीले सात हजार ९१४ मत ल्याएर विजयी हुनुभएको हो।
हुम्लामा समानुपातिक मत मतगणना सुरु
प्रत्यक्षतर्फ मतगणना सकिएको हिमाली जिल्ला हुम्लामा समानुपातिक मत गणना पनि सुरु भएको छ।
सल्यानमा तीन हजार ४५८ मत बदर
सल्यानमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खसेको मतमध्ये तीन हजार ४५८ मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार जिल्लामा रहेका एक लाख ६२ हजार ४४९ मतदातामध्ये ८३ हजार १६७ मत खसेको थियो। तीमध्ये ७९ हजार ४४९ मत मात्र सदर भएको जनाइएको छ।
रुकुम पश्चिममा नेकपाका गोपाल शर्मा विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पश्चिमबाट नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी हुनुभएको छ ।
बस्नेतको ‘लाल किल्ला’ तोड्दै जाजरकोटमा कांग्रेस विजयी
नेपाली कम्युनिष्ट पार्टीका शक्तिबहादुुर बस्नेतको किल्ला तोड्दै नेपाली कांग्रेसका खडगबहादुर बुढा विजय हुनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार बुढाले दुइ हजार ६३५ मतान्तरले विजय हुनुभएको हो ।
हुम्लाबाट नेपाली कांग्रेसका जयपति रोकाया विजयी
हिमाली जिल्ला हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया विजयी हुनुभएको छ। मतगणना सम्पन्न हुँदा उहाँले फराकिलो मतान्तरसहित विजय हासिल गर्नुभएको हो।
सल्यानमा नेकपाका मल्ल विजयी
सल्यानबाट प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्ल २३ हजार १८९ मतका साथ विजयी हुनुभएको छ ।
दैलेख–२ मा एमालेको पोखरेल विजयी
दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।
मुगुमा मत गणना सुरु
मुगुमा शनिबार दिउँसोदेखि मत गणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अधिकृत मीनबहादुर कुँवरले बिहीबार निर्वाचनको मत गणना शनिबार ४:०० बजेबाट सुरु भएको जानकारी दिनुभयो ।
जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही विजयी हुनुभएको छ । २०७९ सालमा निर्वाचित हुनुभएका शाही पुनः दोस्रो पटक पनि निर्वाचित हुनु भएको हो ।
हुम्लामा कांग्रेसका उम्मेदवार रोकायातको अग्रता
चार वटा गाउँपालिकाको मतगणना हुँदासम्म पछाडि रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया १२५ मतले अगाडि बढ्नुभएको छ ।
जुम्लामा ज्ञानबहादुर शाहीको अग्रता कायमै
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीको अग्रता कायमै छ । जुम्लामा खसेको ४० हजार ८ सय ९७ मतमध्ये हालसम्म गणना भएको ३२ हजार ६८० मतमध्ये शाहीले १२ हजार ५४९ मत प्राप्त गर्नुभएको छ ।
हुम्लामा नेकपाका डा. रोकायाको अग्रता कायम
हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तीन वटा गाउँपालिकाको मतगणना सम्पन्न हुँदा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार डा. दीपेन्द्र रोकायाको अग्रता कायम रहेको छ।
मतपेटिका नआइपुग्दा मुगुमा मतगणना सुरु हुन सकेन
मुगुको एकमात्र निर्वाचन क्षेत्रमा मतगणना अझै सुरु हुन सकेको छैन। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जिल्लाको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका दुई मतदान केन्द्रका मतपेटिका शनिबार बिहान ८ बजेसम्म पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नआइपुगेकाले मतगणना सुरु हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेकपासँग रास्वपाको मतान्तर दुई हजार २३८
सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कम्युनिष्ट पार्टीसँगको मतान्तर घटाउँदै लगेको छ । शनिबार बिहानको पछिल्लो विवरण अनुसार जिल्लामा खसेको ८३ हजार ६९२ मतमध्ये २९ हजार ६१३ मत गणना हुँदा नेकपासँग रास्वपाको मतान्तर २२३८ रहेको छ ।
रुकुमपश्चिममा नेकपाका गोपाल शर्माको अग्रता
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पश्चिम भएको निर्वाचनको मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता लिनुभएको छ ।