• ७ चैत २०८२, शनिबार

हुम्लामा ट्याक्टर दुर्घटनामा घाइते चालकको मृत्यु

blog

मृतक नरेन्द्र सुनार सुनार । तस्बिर : राजन रावत

राजन रावत 
हुम्ला, चैत ७ गते ।
सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा शुक्रबार बेलुका भएको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

सिमकोट गाउँपालिका–६ कै लाग्नाबाट सिमकोटतर्फ आउँदै गरेको ग.१.त.७०६७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा चालक सिमकोट गाउँपालिका–६ निवासी २५ वर्षीय नरेन्द्र सुनार गम्भीर घाइते हुनुभएको थियो ।

घाइते सुनारलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको थियो । तर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि रेफर गर्ने क्रममा उहाँको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख चिकित्सक भीमबहादुर बुढाले जानकारी दिनुभयो ।