• ७ चैत २०८२, शनिबार

त्रियुगा खोलामा पुरुषको शव फेला

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत ७ गते ।
सप्तरीको सप्तकोशी नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । नगरपालिको वडा नम्बर १ स्थित त्रियुगा खोलामा सोही वडाका खोरिया टोल निवासी ५५ वर्षीय शेरबहादुर बिष्टको शव फेला परेको हो ।

परिवारजनका अनुसार बिष्ट बिहीबार साँझदेखि सम्पर्कविहीन रहनुभएको थियो । शुक्रबार दिउँसो त्रियुगा खोलाको चन्द्र नहरको हेडवक्र्स क्षेत्रमा पानीमा घोप्टो पारिरहेको अवस्थामा विश्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज ल्याईएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।