• ७ चैत २०८२, शनिबार

लेनदेन मुद्दाका फरार अभियुक्त पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सप्तरी ।

धीरेन्द्रप्रसाद साह
राजविराज, चैत ७ गते ।
सप्तरी प्रहरीले लेनदेन मुद्धाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरी टोलीले लेनदेनसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतबाट नौ महिना कैद सजाय तोकिएपछि फरार रहँदै आएकी जिल्लाकै रुपनी गाउँपालिका–६, तेरहौता निवासी दुखनीकुमारी साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शुक्रबार पक्राउ पर्नुभएको साहलाई आवश्यक कारबाहीका लागि सोही दिन सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताउनुभयो ।