• २३ फागुन २०८२, शनिबार

रुकुमपश्चिममा नेकपाका गोपाल शर्माको अग्रता

blog

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, फागुन २३ गते ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पश्चिम भएको निर्वाचनको मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता लिनुभएको छ ।

शनिबार बिहान जिल्लाको आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको मत परिणाम सार्वजनिक हुँदा नेकपा शर्माले अग्रता लिनु भएको हो । आठबिसकोटको मत परिणाममा प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले अग्रता लिएपनि बाँफिकोटमा भएको मतपरिणामले गोपाल शर्मालाई अग्रता दिलाएको हो ।

मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगरका अनुसार हालसम्म नेकपाका गोपाल शर्माले सात हजार २७२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी प्रगतिशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले पाँच हजार १६०, नेपाली कांग्रेसका राजु केसीले चार हजार ८४२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मानबहादुर शाहीले एक हजार २५१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेकपा (एमाले) का नन्दराम देवकोटाले ६२१, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढाले २९१, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्काले ९८, नेकपा (सयुक्त) का शेरबहादुर केसीले २०, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसीले ३१, आम जनता पार्टीका प्रेमा दमाईले ६ र नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिकले ५ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले चौरजहारी नगरपालिकाको मत गणना भईरहेको छ । रुकुमपश्चिममा कुल एक लाख ६ हजार ६६० मतदाता रहेकामा ६२ हजार ९६८ मत खसेको थियो । जसमा महिला ३४ हजार ६०४ र पुरुष २८ हजार ३६४ जना रहेका छन् ।