• २३ फागुन २०८२, शनिबार

जुम्लामा ज्ञानबहादुर शाहीको अग्रता कायमै

blog

ज्ञानबहादुर शाही । तस्बिरः नौरते नेपाली

नौरते नेपाली

सिँजा (जुम्ला), फागुन २३ गते । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीको अग्रता कायमै छ । जुम्लामा खसेको ४० हजार ८ सय ९७ मतमध्ये हालसम्म गणना भएको ३२ हजार ६८० मतमध्ये शाहीले १२ हजार ५४९ मत प्राप्त गर्नुभएको छ । 

शाहीलाई पछ्याइ रहनुभएका नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीले ८ हजार ५४४ मत प्राप्त गर्नुभएको छ । ४ हजार ५ मतले भण्डारीभन्दा शाही अघि हुनुहुन्छ । 

यस्तै, नेकपा (एमाले) का शान्तिलाल महतले ३ हजार ८६४, नेपाली कांग्रेसका दिपबहादुर शाहीले ५ हजार ३६०, राष्ट्रिय स्वतन्त्र पार्टीले ३५७, नेपाल मजदुर किसान पार्टीले ३६७, प्रगतिशील लोकतान्त्रिक पार्टीले १११, नेपाल जनता पार्टीले ३४, नेकपा माओवादीले ६८ र स्वतन्त्र उम्मेदवार भक्त रावलले १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

३२ हजार ६८० गणना हुँदा १ हजार ४१२ मत बदर भएको छ । जुम्लाका ७१ हजार ७ सय ३९ मतदातामध्ये ४० हजार ८ सय ९७ मत खसेको थियो । जसमा महिलातर्फ २१ हजार १८५ र पुरूषतर्फ १९ हजार ७१२ मत खसेको छ । समानुपातिक ४१ हजार ६३१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जुम्लामा ५७ प्रतिशत मत खसेको हो।