• २३ फागुन २०८२, शनिबार

सप्तरी ४ बाट रास्वपाका सीताराम साह विजयी

blog

सप्तरी ४ बाट निर्वाचित सीताराम साह

विनय कर्ण

कल्याणपुर (सप्तरी), फागुन २३ गते । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सीताराम साह विजयी हुनुभएको छ । 

उहाँ ३६ हजार ४ सय १२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित हुनुभएका साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजुलाल चौधरीले १३ हजार १ सय ३ मत प्राप्त गर्नुभयो । 

कांग्रेसका उम्मेदवार चौधरी सप्तरी क्षेत्र ४ बाट यसअघि तीन पटक लगातार निर्वाचित भएर मन्त्री बन्नुभएको थियो । 

उहाँसँगै नेपाली कांग्रेसको राजनीतिमा रहनु भएका साह नेपाली कांग्रेसका त्यस क्षेत्रका क्षेत्रीय सभापति रहनुभएको थियो । चुनावअघि कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गर्नुभएका साहले २३ हजार ३ सय ९ मतको फराकिलो मतान्तरले चौधरीलाई पराजित गर्नुभयो ।