• १५ चैत २०८२, आइतबार

सुक्खा पहिरोले मेची राजमार्ग अवरुद्द

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम) चैत १५ गते । इलामको रोङ गाउँपालिका ४ बागखोरस्थित मेची राजमार्गमा सडक मर्मत भइरहेको स्थानमा शुक्खा पहिरो झरेपछि साँझाट मेची राजमार्ग अवरुद्द भएको छ । 

सडक खन्दै गरेको भन्दा ३०-४० मिटर माथीबाट ढुङ्गा सहितको शुक्खा पहिरो झरेपछि मेची राजमार्ग अवरुद्द भएको हो । 

पहिरोले इलामबाट झापातर्फ जाँदै गरेको  प्रदेश १–०१–००१ ख ४३३४ नं. को गोलिया बोकेको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मि भण्डारी जानकारी दिनुभयो । 

ट्रक पुरिँदा  मानविय क्षति नभए पनि  बाटो पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।  बाटो खुलाउनको लागि पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।