• २३ फागुन २०८२, शनिबार

महोत्तर–१ मा रास्वपाका महतो निर्वाचित

blog

विजयी रास्वपाका प्रमोदकुमार महतो ।

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन २३ गते । महोत्तरी क्षेत्र नम्बर–१ बाट चौतीस हजार ६३६ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो निर्वाचित हुनुभएको छ ।

उहाँले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका गिरिराजामणि पोखरेललाई २२ हजार १२ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । 

पोखरेलले १२ हजार ६२४ मतमात्र प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका लक्षमी महतो कोइरीले ६ हजार ५९१ मत प्राप्त गर्नु भएको छ । कांग्रेसका मुकेश काफ्लेले छ हजार २१३ मत प्राप्त गर्नुभएको  छ ।

निर्वाचन परिणामको घोषणा लगत्तै बर्दीबासमा गोरखापत्रसँग संक्षिप्त कुरा गरा गर्दै नव निर्वाचित सांसद महतोले अब जनताको भावना र चाहना अनुसार क्षेत्र नं. १ मा विकासको गतिलाई अघि बढाउने बताउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार  कुल एक लाख ५ हजार ६४६ मतदाता रहेको  क्षेत्र नं. १ मा ६७ हजार १९७ मत खसेकोमा ६३ हजार २४३ मत सदर र तीन हजार ९५४ मत बदर भएको छ ।