• २३ फागुन २०८२, शनिबार

गुल्मी-१ मा रास्वपाका ढकाल भारी मतान्तरले विजयी

blog

विजेता सागर ढकाल ।

तिलाचन पाण्डे

तम्घास(गुल्मी),फागुन २३ गते । गुल्मी क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । 

उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडि पार्दै जित हात पार्नुभएको हो । 

उहाँले ३० हजार ४४८ मत प्राप्त गर्दा ज्ञवालीले १५ हजार ३२८ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले १३ हजार ७३१ मत प्राप्त गर्नुभएको छ ।