• २३ फागुन २०८२, शनिबार

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

blog

अर्घाखाँचीबाट विजयी रास्वपाका उम्मेदवार हरिप्रसाद भुषाल ।

गणेश खनाल

अर्घाखाँची, फागुन २३ गते। अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसाल विजयी हुनुभएको छ । बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार पीताम्वर भुसाललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले जित निकालेको हो ।

जिल्लाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुँदा रास्वपा उम्मेदवार भुसालले ३५ हजार २३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी भुसालले २२ हजार ६४९ मत प्राप्त गर्नुभयो । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनालले १८ हजार ९८३ मत प्राप्त गर्नुभयो । 

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर चौहानले ३ हजार ८४७ मत प्राप्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाका पशुपति ढकालले १ हजार ७३९ मत प्राप्त गर्नुभयो। अर्घाखाँचीमा पुराना दलहरूका लागि यो निर्वाचन सम्झनलायक रहेन । 

राष्ट्रिय स्वतन्त्र पार्टीले अकल्पनीय मत ल्याएपछि यसभन्दा अँघींगढ मानिएका कांग्रेस–एमाले विरासत भत्किएका छन् । सुरूवाती चरणमै अग्रता लिएका रास्वपा उम्मेदवार हरिप्रसाद भुसालले अन्तिम अवस्थामा विजयी हुनुभयो ।