• २३ फागुन २०८२, शनिबार

चितवन ३ मा रास्वपाकी सोविताको फराकिलो जित

blog

चितवन ३ मा निर्वाचित हुनुभएकी रास्वपाकी सोविता गौतम ।

वसन्त  पराजुली 

नारायणगढ, फागुन २३ गते । चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । 

गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभयो । गौतम यसअघि काठमाडौँ २ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित हुनुभएको थियो  

चितवन क्षेत्र ३ मा नेपाली कांग्रेसका टेकप्रसाद गुरुङको ८ हजार ३४४ र नेकपा (एमाले) का शङ्कर थपलियाले ५ हजार ४ मत प्राप्त गर्नुभएको छ । यसअघि यो क्षेत्र चुनाव जितेको राप्रपाले यो पटक १ हजार २२६ मत मात्र प्राप्त भएको छ । यहाँ राप्रपाका दीपक थापा उम्मेदवार हुनुहुन्थ्यो ।  

यो क्षेत्रमा कांग्रेस, एमाले लगायतका २१ जना उम्मेदवारको जमानत जफत भएको छ । यो क्षेत्रमा १ लाख ५३ मत खसेको थियो । जमानत जफत हुनबाट बच्न उम्मेदवारले खसेको मतमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था छ ।