• २० चैत २०८२, शुक्रबार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता र अध्यक्ष ओलीको रिहाइ माग गर्दै मसाल जुलुस

blog

मूल्यवृद्धी फिर्ता लिन माग गर्दै एमालेका जनसंघठनले शुक्रबार साँझ फिदिममा निकालेको मसाल जुलुस । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, चैत २० गते । नेकपा (एमाले) निकट जनसङ्गठनहरूले पाँचथरको फिदिम बजारमा मसाल जुलुस निकालेका छन् । 

निरन्तर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता र पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै जनसङ्गठनहरूले पाँचथरको फिदिम बजारमा मसाल जुलुस निकालेका हुन् । 

शुक्रवार साँझ फिदिममा जनसङ्गठनहरूले मसाल जुलुससंगै पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्रत्री रमेशलेखकको रिहाइको माग गर्दै नारा समेत लगाएका छन् ।

सोहि क्रममा प्रदर्शनकारीहरूले बोकेका मसाल प्रहरीले नियन्त्रणमा लिएर निभाइदिएको छ । जुलुसमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै मूल्यवृद्धिले जनजीवन प्रभावित भएको भन्दै मुल्यबृद्धी फिर्ता लिन माग गरिएको युवा संघका केन्द्रीय सदस्य कमल थपलियाले बताउनुभयो ।

फिदिम बजार क्षेत्र परिक्रमा  गर्ने क्रममा प्रहरीले मसाल नियन्त्रणमा लिएको हो । यद्धपी मसाल खोसेपनि प्रदर्शनकारीले नारावाजीलाई निरन्तरता दिएको थियो ।