• ७ चैत २०८२, शनिबार

सप्तरीबाट नौ हजारभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत ७ गते ।
यही चैत १९ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सप्तरीबाट नौ हजार दुई सय ६९ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

छात्र चार हजार छ सय १६ र छात्रा चार हजार छ सय ५३ गरी कुल नौ हजार दुईसय ६९ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएको हो ।

जिल्लामा रहेको समुदायिक ९४ र संस्थागत ५६ गरी एक सय ५० विद्यालयका विद्यार्थी एसइईमा सहभागी हुने जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिनुभयो ।

परीक्षा सञ्चालनका लागि जिल्लामा ३९ वटा परीक्षा केन्द्र तोकिएको उहाँले बताउनुभयो ।

“माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि जिल्लामा ३९ वटा परीक्षा केन्द्र तोकिएको छ र अहिले केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गर्ने काम भइराखेको छ’’ उहाँले भन्नुभयो ।