• २५ फागुन २०८२, सोमबार

हुम्लामा समानुपातिकमा काँग्रेसकाे अग्रता

blog

समानुपातिकतर्फ मतगणना गर्दै खटिएका कर्मचारीहरु । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, फागुन २४ गते । हिमाली जिल्ला हुम्लाका मतदाताले समानुपातिक मतगणना भइरहँदा नेपाली काँग्रेसले अग्रता लिएको छ । जिल्लाका छ वटा गाउँपालिका र एउटा अस्थायी मतदान केन्द्रमा खसेको समानुपातिक मतको गणना गर्दा काँग्रेस अगाडी आएको हो। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त मतगणना विवरण अनुसार नेपाली काँग्रेसले ताँजाकोट, अदानचुली, चंखेली, सर्केगार्ड, खार्पुनाथ, नाम्खा र अस्थायी मतदान केन्द्रमा खसेको मत गणना गर्दा सात हजार २७४ मत प्राप्त गरेर पहिलो देखिएको छ भने छ हजार १४ मत प्राप्त गरेर नेपाली कम्युनिष्ट पार्टी दोस्रो स्थानमा रहेको छ । यता नेकपा एमाले चार हजार ८६३ मत प्राप्त गरेर तेस्रो पार्टीका रुपमा रहेको छ । 

त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ३१८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १९७, प्रगतिशिल लोकतान्त्रिक पार्टीले २१४, नेकपा माओवादीले १०५ मत र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले २६५ मत प्राप्त गरेको छ । राष्ट्रिय मुक्ति मोर्चा नेपाल बाहेक अन्य सात दलले भने हुम्लामा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका थिए । 

अन्य ३३ दलहरुले एकदेखि १४ मत प्राप्त गरेका छन् । अब सिमकोट गाउँपालिकाको मत गणना कार्य बाँकी रहेको छ । जिल्लामा नामै नसुनिएका दलहरुले पनि मत प्राप्त गरेकमे देखिन्छ । समानुपातिकतर्फ ५७ वटा दलहरुले सहभागिता जनाएकोमा ती मध्य हुम्ला जिल्लामा ४२ वटा दलहरुले मत प्राप्त गरेका छन् ।