शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चाँदनी आचार्य
घोडाघोडी (कैलाली), वैशाख २ गते । कैलालीमा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्रराजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–८, गुलारामा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु।प। ०१–००१ ज १४२१ नम्बरको हाईस र विपरीत दिशाबाट आइरहेको सु.प. ०१–०१३ प ५१३९ नम्बरको मोटरसाइकल मङ्गलबार साँझ एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–८ का ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनार रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उहाँहरूको टिकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि चालक फरार भए पनि हाईस धनीलाई टिकापुरबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।