• २४ फागुन २०८२, आइतबार

बस्नेतको ‘लाल किल्ला’ तोड्दै जाजरकोटमा कांग्रेस विजयी

blog

मुख्य निर्वाचन अधिकृत खनालले बुढालाई विजयीको प्रमाणपत्र हस्तान्तर गर्नुहुँदै । तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा 
जाजरकोट, फागुन २३ गते  ।
नेपाली कम्युनिष्ट पार्टीका शक्तिबहादुुर बस्नेतको किल्ला तोड्दै नेपाली कांग्रेसका खडगबहादुर बुढा विजय हुनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार बुढाले दुइ हजार ६३५ मतान्तरले विजय हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालका अनुसार नेपाली कम्युनिष्ट पार्टीका  बस्नेतलाई कांग्रेसका बुढाले २० हजार १४२ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बस्नेतले १७ हजार ५०७ मत प्राप्त गर्नुभएको छ । नेकपा एमाले उम्मेदवार डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत प्राप्त गर्नु भएको । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवा राघव कार्कीले २ हजार ४७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो  ।

प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका बुढालाई मुख्य निर्वाचन अधिकृत खनालले विजयको प्रमाणपत्र प्रदान गर्नुभएको छ । २०७०, २०७४, २०७९ का निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका बस्नेतले विजयी प्राप्त गरी लाल किल्ला कायम गरेको सो क्षेत्रमा काग्रेस विजयी भएको छ । बुढा विजय भएपछि कांग्रेस कार्यकर्तामा उत्साह छाएको छ ।