• १५ चैत २०८२, आइतबार

घोलमा डुबेर दुई किशोरको मृत्यु

blog

चितवन, चैत १५ गते । नारायणी नदी नजिक पानी जमेको खाल्टोमा डुबेर दुई जना किशोरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका– १६ का किशोरद्वय  समन रम्तेल र प्रशान्त क्षेत्रीको डुबेर मृत्यु भएको हो । 

उनीहरूको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । रासस