काठमाडौँ, चैत १५ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमती प्रदेशलाई तीन विकेटले हरायो । वर्षाका कारण खेल २८ ओभरमा छोट्याइएको थियो ।
बागमतीले दिएको २०९ रनको लक्ष्य आर्मीले २७.५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । आर्मीको जितमा कुशल मल्लले सर्वाधिक रुपमा अविजित ९० रन बनाउनुभयो । ओपनर तृतराज दासले ५४ र नरेन सायदले २६ रन बनाउनुभयो ।
बागमतीका लागि इशान पाण्डे र विवेक राना मगरले दुई दुई तथा कप्तान सन्दीप र सोनु देवकोटाले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २८ ओभरमा सवै विकेटको क्षतिमा २०८ रन बनाएको थियो ।
बागमतीका लागि ओपनर आशुतोष घिरैयाले सर्वाधिक ३८ रन बनाउनुभयो । पवन थापाले ३५, विवेक थापामगरले ३० र प्रतिस जिसीले २८, कप्तान सन्दीप लामिछाने २१ र सोनु देवकोटा अवितित ३० रन बनाउनुभयो ।
बलिङमा आर्मीका नरेन साउदले चार विकेट लिनुभयो । यस्तै शाहब आलम, दुर्गेश गुप्ता र बसिर अहमदले एक एक विकेट लिनुभयो । जितसँगै आर्मि चार खेलबाट सात अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ । पराजित बागमतीको समान खेलबाट दुई अङ्क छ ।
यस्तै तल्लो मुलपानी मैदानमा भएको अर्को खेलमा गण्डकी प्रदेशले विभागीय अर्को टोली नेपाल एपिएक क्लबलाई ४३ रनले पराजित गरेको छ । वर्षाका २१ ओभर खेलाइएको खेलमा
जितका लागि गण्डकीले दिएको १५१ रनको सामान्य लक्ष्य पछ्याएको एपिएफ १८.३ ओभरमा १०७ रनमा समेटिएको थियो । यसअघि गण्डकीले निर्धारित ओभरमा सात विकेटको क्षतिमा एक सय ५० रन बनाएको थियो ।
गण्डकीले यस प्रतियोगिातको इतिहासमा विभागीइ टोलीमाथि पहिलो पटक जित निकालेको हो । जितसँगै गण्डकीले चार खेलबाट तीन अङ्क बनाएको छ । एपिएफको समान खेलबाट तीन नै अङ्क छ ।