- मेष राशि :
कार्यव्यस्तता बढेर जाने छ । सामान्य अस्वस्थताको सम्भावना देखिन्छ । रमाइलो यात्राको योग रहेको छ । मनोरञ्जन तथा विलासिताका विषयमा धनराशिको खर्च हुने छ । अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । महिनाको पूर्वार्धमा धनागमका अवसर मिल्ने छन् । रमाइलो पारिवारिक भेटघाटको अवसरसमेत मिल्ने छ भने उत्तरार्धमा खर्च बढ्नुका साथै आँटेको काममा सामान्य बाधा अड्चन देखापर्ने छन् ।
- वृष राशि :
सफलताको महिना रहेको छ । मनले सोचेका योजना सम्पन्न हुने छन् । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहला । आँटेका काम क्रमशः बन्दैजाने छन् । प्रतिस्पर्धामा सफलता मिल्ने छ । सामाजिक एवं धार्मिक काममा अभिरुचि बढेर जाला । धनागमका अवसरसमेत मिल्ने छन् । रमाइलो ठाउँको यात्राका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् । महिनाको उत्तरार्धमा आकस्मिक यात्राको सम्भावना देखिन्छ ।
- मिथुन राशि :
शारीरिक आरोग्यता अनुकूल रहने छ । उच्च मनोबलका साथै कार्यक्षमतामा समेत उल्लेख्य बढोत्तरी भएर जाला । पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । इष्टमित्र एवं साथीभाइको सहयोग अनुकूल रहने छ । पारिवारिक सुख राम्रो होला । रोकिएका काम क्रमशः बन्दै जाने छन् । कर्मचारी वर्गका लागि मान एवं प्रतिष्ठा बढेर जाने देखिन्छ । आर्थिक पक्षका काममा राम्रै सफलता मिल्ने छ । अनावश्यक विवादमा पार्ने ग्रहयोग रहेकाले बोलीचालीमा विचार गर्नु पर्ला । रमाइलो भेटघाट एवं मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।
- कर्कट राशि :
कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने देखिन्छ । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । अनावश्यक दौडधुप केही बढी नै गर्नु पर्ला । सन्तान एवं परिवारको चिन्ताले पिरोल्ने छ । महिनाको पूर्वार्धमा सामान्य अस्वस्थताको सम्भावना देखिन्छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखा पर्ने छन् । दाम्पत्य सम्बन्धमा सानोतिनो खटपट पर्ने ग्रहयोग रहेको छ । व्यर्थको विवादमा समेत पार्न सक्ने देखिएकाले बोलीवचनमा विचार गर्नु पर्ला । महिनाको उत्तरार्धमा धनागमको योग छ ।
- सिंह राशि :
यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने छ । मानसिक अस्थिरता एवं दुबिधा बढेर जाला । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा ख्याल पु¥याउनुपर्ने छ । महिनाको पूर्वार्धमा घरायसी खर्चको मात्रा बढेर जाने छ । पठनपाठनमा आएको अभिरुचि यथावत् नै रहला । महिनाको उत्तरार्धमा स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना रहेको छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ ।
- कन्या राशि :
अनावश्यक दौडधुप केही बढी नै पर्न जाने छ । सामान्य विषयलाई लिएर विवादमा पार्न सक्ने देखिएकाले बोलीचालीमा विचार पु¥याउनु पर्ला । दाम्पत्य सम्बन्धमा चिसोपना बढ्न सक्ने छ । घरायसी खर्चको मात्रा बढेर जाला । अध्ययन अध्यापनमा समेत अनावश्यक बाधाअड्चन आइपर्ने छन् । सन्तान एवं परिवारको चिन्ताले सताउने छ । महिनाको उत्तरार्धमा रोकिएका काम बन्नुका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।
- तुला राशि :
शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । मनोबल बढेर जानाले कार्यक्षमतामा समेत बढोत्तरी भएर जाने छ । प्रतिस्पर्धामामा सफलता मिल्ने छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । महिनाको पूर्वार्धमा आकस्मिक यात्राको सम्भावना रहेको छ । भाग्यले राम्रै साथ दिनाले आँटेका काम सफल बन्ने छन् । पठनपाठनमा समेत गहिरो अभिरुचि लाग्ने छ । धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्ने छ ।
- वृश्चिक राशि :
मानसिक अस्थिरता एवं दुबिधा बढेर जाला । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने छ । सामान्य अस्वस्थताको सम्भावना रहेको छ । आकस्मिक यात्रा एवं स्थान परिवर्तको समेत योग रहेको छ । अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्नाले सोचे अनुसारको सफलता मिल्ने देखिन्न । खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको स्थिति देखा पर्ला । धार्मिक एवं सामाजिक काममा सहभागी हुनुपर्ने छ । महिनाको उत्तरार्धमा धनागमको योग छ ।
- धनु राशि :
घरायसी झमेलाले पिरोल्ने छ । मानसिक दुबिधा एवं अस्थिरता बढेर जाला । शारीरिक आरोग्यता अनुकूल रहला । यात्रा एवं सवारी चलाउँदा विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ । गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन एवं ढिलासुस्ती गराउने देखिन्छ । ठूला लगानी एवं लेनदेनसम्बन्धी कारोेबार नगर्दा नै राम्रो होला । दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखिने छ । महिनाको उत्तरार्धमा आकस्मिक यात्राको सम्भावना रहेको छ । सामाजिक एवं धार्मिक कार्यमा अभिरुचि लाग्ने छ ।
- मकर राशि :
शारीरिक आरोग्यता अनुकूल रहने छ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत वृद्धि भएर जाने छ । सामान्य चोटपटकको योग रहेकाले सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने छ । सोचेका योजना तथा आँटेका काममा ढिलासुस्ती गराउने देखिन्छ । अनावश्यक विवादमा पार्ने सम्भावना देखिएकाले बोलीचालीमा विचार पु¥याउनु पर्ला । महिनाको पूर्वार्धमा केही बाधाअड्चन देखिए पनि उत्तरार्धमा सफलता मिल्ने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् ।
- कुम्भ राशि :
लेनदेनसम्बन्धी कारोबारमा विचार पु¥याउनुपर्ने छ । घरायसी खर्चको मात्रा बढेर जाने छ । सामान्य पेट तथा आँखासम्बन्धी समस्या देखापर्ने छ । अनावश्यक विवादमा समेत पार्ने योग रहेकाले बालीचालीमा विचार पु¥याउनुपर्ने देखिन्छ । महिनाको पूर्वार्धमा देखा परेका बाधाअड्चन उत्तरार्धमा हटेर जाने छन् । धनागम एवं मनोरञ्जनका अवसरसमेत मिल्ने छन् । पठनपाठनमा लागेको अभिरुचि यथावत् नै रहने छ । धार्मिक एवं सामाजिक कार्यमा समेत अभिरुचि लाग्ने छ ।
- मीन राशि :
व्यर्थको दौडधुप केही बढी नै पर्न जाने छ । आँटेका काममा अनायासै नसोचेका समस्या देखा पर्ने छन् । सामान्य पेटसम्बन्धी समस्या देखा पर्ला । आकस्मिक यात्रा एवं स्थान परिवर्तको सम्भावना रहेको छ । साथीसँगको रमाइलो भेटघाटले मन रमाउने छ । सामान्य चोटपटकको सम्भावना देखिएकोले सवारी चलाउँदा विचार पु¥याउनु पर्ला । नजिकको व्यक्तिबाट विश्वासघात हुन सक्ने देखिएकाले मान्छे चिनेर व्यवहार गर्नु पर्ला । पठनपाठनमा आएका बाधाअड्चन यथावत् नै रहेका छन् ।