• २६ वैशाख २०८३, शनिबार

खाल्डोमा जमेको पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

blog

अजय शाह

गौशाला (महोत्तरी), वैशाख २६ गते । महोत्तरीमा इँटा उद्योगका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ।

मृत्यु हुनेमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका–८ पाचतल्ले निवासी दिलबहादुर रानामगरका दुई वर्षीय छोरा हिराबहादुर रानामगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

औरही नगरपालिका–२ स्थित हरि नारायण यादवको न्यू बाबा फिक्स इँटा उद्योगको चिम्नी निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएका प्रहरी टोलीले घटना स्थलको मुचुल्का उठाइ शव परिक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाउने तयारी गरिएको महोत्तरी प्रहरीका प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिनुभयो । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।