नेपालकी तेक्वान्दो खेलाडी निमा गुरुङले एनएसडब्लु खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर सेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपालको राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल आफैँ त्रिभुवन विमानस्थल पुग्नुहुने छ । आफ्नै विमानमार्फत उहाँ मङ्गलबार साँझ करिब साढे ५ बजे नेपाल उत्रने कार्यसूची छ । त्यसका लागि उच्च तयारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो । तीनै तहको सुरक्षा व्यवस्थालाई सतर्क राखिएको छ । प्रवक्ता राईले भन्नुभयो, “भ्रमणलाई सफल बनाउन सबै खालको शिष्टाचारको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।”
नेपाल वायु सेवा निगमको विमान खरिद गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा एक पूर्वमन्त्री, दुई जना नेपाल सरकारका पूर्वसचिव तथा एक जना बहालवाला सहसचिवसमेत २४ जना नेपाली र आठ जना विदेशी नागरिकसमेत छन् ।
ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको पाटन सङ्ग्रहालयमा थारु संस्कृति तथा इतिहास झल्काउने तस्बिर तथा बस्तुहरुको प्रदर्शनी गरिएको छ ।
पाठेघरको मुखको क्यान्सर परीक्षण र रोकथाम सम्बन्धी सचेतना अभियान सुरु भएको छ ।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । संविधानको रक्षा र कार्यान्वयन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र यसमार्फत जनताको
नेपालमै प्रशस्त उत्पादनको सम्भावना रहेको आलुको आयातमा पनि बर्सेनि करोडौ रुपियाँ भारत जाने गरेको पाइएको छ । नेपालगन्ज नाकाबाट भारतबाट हुँदै आएको आलुको आयात करिब दोब्बर वृद्धि भएको छ ।
कतै नियुक्तिपत्रबिना काम गर्नु परेको त छैन ? त्यस्तो हो भने बुधबारदेखि श्रम, तथा व्यवसायजन्य सुरक्षा विभागको हटलाइन नम्बर ९८५१३५०४५१ को भाइबर तथा ट्विटरमार्फत सिधा सम्पर्क गरेर उजुरी टिपाउन सकिने विभागले जनाएको छ । विभागले यस्ता उजुरीको अवस्था अनुसार तुरुन्तै कानुनबमोजिम सम्बन्धित रोजगारदाता प्रतिष्ठानलाई कारबाही गर्ने प्रक्रियामा जाने तयारी गरेको जनाएको छ ।
स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना र रियल म्याड्रिडले एकपक्षीय जित निकालेको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्न आज आफ्नो कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
भाषा सामाजिक वस्तु हो । समाजका हरेक विषयमा भाषाको कारोबार हुन्छ । त्यसैले राजनीति पनि भाषाबाट अलग हुँदैन । राजनीति समाज सुधारको मियो हो । नेपाली समाजको त्यो मियो हल्लिएको गुनासो यदाकदा सुन्ने गरिन्छ । सुनाउने माध्यम चाहिँ भाषा नै हो । खासमा भाषाले दिने अर्थ हो त्यसले गुनासो गरेको वा प्रशंसा गरेको हो अथवा गाली वा आक्रोश व्यक्त गरेको हो, जे भए पनि त्यो सन्दर्भगत हुन्छ ।
प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा तीन राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन नजिकिरहेका बेला सबै दलका उम्मेदवार घरदैलो अभियानमा व्यस्त रहनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने बताउनुभएको छ ।