काठमाडौं, जेठ १७ गते । बानेश्वरस्थित निजामती अस्पतालले अब छिट्टै १६ बेडको मोडुलर आईसीयू संचालनमा ल्याउन लागेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलका अनुसार १६ बेडको मोडुलर आईसीयू सञ्चालन गर्न लागेको हो । मंगलबार निर्देशक पौडेलले आफ्नो एक वर्षको कार्यविवरण प्रस्तुत गर्दै १६ बेडको मोडुलर आइसियु सञ्चालन गर्न लागेको जानकारी दिनुभएको हो । अबको छ महिनामा निमार्ण सम्पन गरी सञ्चालनमा ल्याउने उहाँको भनाइ छ । आईसीयू निमार्ण भएपछि अस्पतालले १० देखि १५ हजारमै त्यो सेवा उपलब्ध गराउने उहाँले बताउनुभयो । अस्पताललाई एकेडेमीतर्फ लैजाने प्रयास स्वरुप क्रिटिकल नर्सिङको अध्यापन गराउने तयारी अन्तिम चरणमा पुगेको पनि उहाँले जानकारी दिनुभयो । अस्पतालको सेवा सुविधा ७ वटै प्रदेशबाट दिने सन्दर्भमा केही प्रगति हासिल भएको पनि उहाँले सुनाउनुभयो । अस्पतालले चारबेडको आईसीयू विस्तार गरेर १२ बेडको बनाएसँगै दैनिक १० देखि १५ जना बिरामी आइसीयू नपाएर रिफर हुनुपर्ने समस्याको अन्त्य भएको डा. पौडेलेले जानकारी दिनुभयो । त्यस्तै, चीन सरकारले बनाएको १ सय १५ बेडको सर्जिकल भवन हस्तान्तरण हुने अन्तिम तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । अस्पताले जेठ १ गतेबाट होलबडी जाँच गर्नेहरुका लागि लक्षित गरेर बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म सेवा दिन थालेपछि दैनिक १८० जनाले सेवा लिन थालेका छन् । अस्पताललाई चार वर्षमा चार सय बेडमा संचालन गर्ने लक्ष्य रहेको डा पौडेलले जानकारी दिनुभयो । त्यसको लागि समिति गठन भइसकेको छ । अस्पतालको विकासका लागि अध्ययन गर्ने र प्रतिवेदन बुझाएपछि सोही अनुसार काम अगाडि बढाउने उहाँको भनाइ छ ।
यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।
कर्णाली, १७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपरान्ह सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ मा अवस्थित पर्यटकीयस्थल काँक्रेविहारको अवलोकन गर्दै । तस्बिरः प्रकाश अधिकारी, रासस
मुस्ताङको प्रमुख पर्यटकीयस्थल लोमान्थाङमा पर्यटकको आगमन हुनथालेपछि पुरानै लयमा फर्किन थालेको छ । कोरोनाको महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको लोमान्थाङमा चालु यामदेखि पर्यटकको चहलपहल बढेको हो ।
काठमाडौँ, १७ फागुन (रासस) : सांसदले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गर्नुभएको छ। राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुदैँ सांसदहरूले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गर्नुभयो।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो। देशभित्र बारम्बार भइरहेका हवाई दुर्घटनाको अनुसन्धान गरी यसको निर्मुलिकरणका उपाय अपनाउन सबै निकायले चासो दिनुपर्ने उहाँको भनाइ थियो।नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले हवाई यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्नुभयो। उहाँले अहिले नेपालमा ४० वर्ष भन्दा बढी पुराना जहाज चलिरहेकाले उडान सुरक्षामा चुनौती थपिएको भन्दै हवाई यातायातलाई गुणस्तरीय र विश्वसनीय बनाउ सरकारको ध्यान जान जरुरी भएको उल्लेख गर्नुभयो। यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि बिहान ९:५५ बजे उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्कविहीन भई सोमबार बिहान मुस्ताङ्को थासाङस्थित सानोसुरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। उक्त विमानमा सवार तीन चालक दलका सदस्य र १९ यात्रुगरी कूल २२ जनाको निधन भएको थियो।
राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेकोछ । युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो ।
मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ।
नापी कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि अख्तियारको नियन्त्रणमा पर्नुभएको छ ।
बालीमा रासायनिक मल राख्न नपाउँदा तनहुँका कृषक उत्पादन घट्ने चिन्तामा छन्।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरुको हेरफेर र पदस्थापन गर्नुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागारमा कैदीको आत्महत्या घटनाको छानबिनका लागि समिति गठन गर्नुभएको छ ।
मलेसियामा यही जेठ २० देखि २५ गतेसम्म अयोजना हुने आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले पनि भाग लिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८५ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं, जेठ १७ गते। प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ। मंगलबार दिउँसो ११ बजे सुरु भएको बैठक साँझ साढे पाँच बजेसम्म चलेको थियो। बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको हो। अर्थमन्त्री जनार्दन शर्माले बैठकको सुरुमा ‘आर्थिक वर्ष २०७९र०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।सभामुख अग्निप्रसाद सापकोटाले राजश्व र व्ययको वार्षिक अनुमानमाथि अर्को बैठकमा थप छलफल हुने जानकारी गराउनुभएको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलबार पनि ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई दिन नै शेयर बजारमा कारोबार मापक नेप्से ओरालो लागेको छ ।