• १३ साउन २०८१, आइतबार

गैँडाका दुई बच्चालाई प्राकृतिक वासस्थानमा छाडिए

blog

वसन्त पराजुली

भरतपुर, वैशाख ३१ गते । मातृविहीन अवस्थामा हुर्काइएका गैँडाका दुईबच्चालाई आइतबार प्राकृतिक वासस्थानमा छाडिएको छ । 

राष्ट्रिय प्रकृति सरक्षण कोषमा हुर्काइएका ती बच्चा निकुञ्जको लामिताल क्षेत्रमा छाडिएको हो । 

सानैबाट हुर्काइएका पुष्पा र अन्जली नामका गैँडाका बच्चालाई आजै विहान सौराहबाट नियन्त्रणमा लिई निकुञ्जको मध्यभागमा छाडिएको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सरक्षण विभागको निर्णयअनुसार ती गैँडा निकुञ्जमा छाडिएको निकुञ्जका पशुचिकित्सक विजय श्रेष्ठले जानकारी दिनुभयो । 

गैँडा हुर्कँदै जाँदा त्यसले मानवमा पर्न सक्ने असुरक्षालाई ध्यानमा दिई प्राकृतिक वासस्थानमा छाड्नु परेको बताइन्छ ।