गोविन्द शर्मा
बाँके, वैशाख ६ गते । बाँकेको खजुरामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाईजेरियन टोली जष्ट जोन एफसीले हात पारेको छ ।
खजुरा-४ डि गाउँस्थित मिनी रंगशालामा आइतबार भएको फाइनलमा नाईजेरियन टोली जष्ट जोनले जेविएम क्लब लखनउ भारतलाई ४–० गोलले हरायो ।
नाइजेरियाको जितमा कलव कोनले दुई गोल गर्नुभयो । यसैगरी एडवार्ड थोमस र ओलावी अफीजले एक एक गोल गर्नुभयो ।
प्रतियोगितामा नाइजेरियाका गोलरक्षक लेकन शितु, उत्कृष्ट रक्षक र म्यान अफ दि म्याच बिल्गो, एडवार्ड प्लेयर अफ दि पिस घोषित हुनुभयो ।
यसैगरी जेबिएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर र फोर ब्रदर्श एफसी नवलपरासीका नवीन महतो सर्बाधिक गोलकर्ता बन्नुभयो ।
उपाधिसँगै नाईजेरियन जष्ट जोनले सात लाख रुपियाँ पायो । उपविजेता जेविएमले चार लाख रुपियाँ पायो। चैत ३० देखि सुरु भएको प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।