• ६ वैशाख २०८३, आइतबार

चन्द्रगढी महिला गोल्डकप : भुटानको थिम्पु सिटी पराजित

blog

सेतो जर्सीमा चर्च ब्वाईज र रातो जर्सीमा थिम्पु सिटीका खेलाडी ।

लीलाराज खड्का 

बिर्तामोड, वैशाख ६ गते । झापाको चन्द्रगढीमा आयोजित प्रथम महिला गोल्डकपमा चर्च ब्वाइज युनाइटेडले पाहुना टोली भुटानको थिम्पु सिटी महिला फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।  

आइतबार सम्पन्न खेलमा चर्च ब्वाइजले भुटानको थिम्पु सिटीको चुनौती  ३–२ गोल पन्छायो । चर्च ब्वाईजले खेलको २७औँ मिनेटमा अग्रता बनायो ।  भुटानकी गोलकिपर अगाडि बढेको अवस्थामा चर्च ब्वाइजकी मरियम खातुनले दायाँ बार च्याप्दै डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत बनेको थियो । 

पहिलो हाफको अतिरिक्त समयमा चर्च ब्वाईजकै तर्फबाट खातुनले नै दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । वर्षा ओलीले मिलाइदिएको पासमा खातुनले प्रहार गरेको  प्रहारले भुटानका खेलाडीलाई टच हुँदै गोलमा परिणत  भएको थियो ।

पहिलो हाफ २–० को अग्रता बनाएको चर्चले दोस्रो हाफको ४४औँ मिनेटमा पहिलो गोल खायो । भुटानकी रोता राईले चर्चकीे गोलकिपरलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।

भुटानले अर्काे गोल उपहारमार्फत पायो । ५८औँ मिनेटमा प्रिया घलेको क्रसलाई चर्चकी डिफेन्डर मनिता तामाङले क्लियर गर्न खोज्दा गोल भएको थियो । 

७९औँ मिनेटसम्म चर्चसँग २–२ को बराबरी खेलेको भुटानले खेलमा अन्तिम गोल डिफेन्डरको गल्तीमा  गोल खान पुगेको थियो । मैदानको मध्य भागमा पाएको बललाई चर्च ब्वाईजकी  वर्षा ओलीले गोलकिपरलाई बिट गर्दै गोल गर्नुभयो ।

खेलको प्लेयर अफ द म्याच विजेता चर्च ब्वाइजकी २ गोलकर्ता  मरियम खातुन हुनुभयो  । उहाँले नगद ११ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।  सोमबारको खेल नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच हुनेछ ।  




 





‎