• ५ वैशाख २०८३, शनिबार

अध्यक्ष ओली उपचारपछि अस्पतालबाट घर फिर्ता

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट घर फर्कनु हुँदै । तस्बिरः अध्यक्ष ओलीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख ५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारपछि अस्पतालबाट आज घर फर्कनु भएको छ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवी) शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका उहाँ आज उपचारपश्चात घर फर्कनुभएको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाइँले जानकारी दिनुभयो । शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहनुभएको थियो । 

शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले उहाँलाई सुझाव दिनुभएको अस्पतालमा प्रवक्ता डा. सेढाइँले बताउनुभयो । चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालीएको थियो । चैत १४ गते अध्यक्ष ओली त्रिवी अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।