• ५ वैशाख २०८३, शनिबार

जष्ट जोन नाइजेरिया फाइनल प्रवेश

blog

खजुरामा जारी गोल्डकपमा फाइनल प्रबेश गरेको नाइजेरियाको टोली । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, बैशाख ५ गते । जष्ट जोन एफसी नाइजेरिया बाँकेको खजुरामा जारी एमटि एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। खजुरा –४ डि गाउँस्थित मिनी रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा बिदेशी टोली नाइजेरियाले फोर ब्रदर्श एफसी नवलपरासीलाई १ काविरुद्ध २ गोलको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। 

जष्ट जोनका जर्सी नम्बर २१ का ताजुदिनले खेलको ३९ औ र जर्सी नम्बर २६ का ओलाबी अफिजले ७८ औ मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए । फोर ब्रदर्शका जर्सी नम्बर १५ का अबिशेख महतोले ८३ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको थियो । खेलमा प्लेयर अफ द म्याच नाइजेरियाका ओलाबी अफिज घोषित हुनुभयो । 

फाईनल खेल जष्ट जोन नाइजेरिया र जेबिएम लखनउबिच आइतबार हुने आयोजक न्यू डाँफे स्पोर्टस क्लवका अध्यक्ष बालाराम खत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेतालाई सात लाख रुपियाँ र द्वितीयलाई चार लाख रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा करिव ६० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।