• १३ साउन २०८१, आइतबार

धौलागिरिमा सात महिनापछि शव फेला

blog

आधार शिविरमा खोजी टोलीले फेला पारेको शव ।

ठाकुरप्रसाद आचार्य

म्याग्दी, वैशाख ३० गते । म्याग्दीको धवलागिरि गाउँपालिका –४ स्थित धौलागिरि हिमालको आधार शिविरमा विगत ७ महिनादेखि बेपत्ता भएकाको शव फेला परेको छ ।

फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा–१ बस्ने २७ वर्षीय देव लामाको रहेको शवको खोजीमा आधार शिविर पुग्नुभएका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । 

शवको खोजीमा शेरचनसहित तीन दिनअघि नेपाली सेनाका दुईजना र लामाका आफन्त एकजना गरी चारजनाको टोली आधार शिविर पुग्नुभएको थियो । 


दुई दिनसम्मको खोजी कार्यमा पाँचहजार मिटर उचाईमा रहेको फ्रेन्च पास आधार शिविरमा शव फेला परेको शेरचनले जानकारी दिनुभयो । 

लामा फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत् विदेशी पर्यटक लिएर गत असोज २० गते  धौलागिरि आधार शिविर पुग्नुभएको थियो । हिउँपहिरोमा परी लामा बेपत्ता हुनुभएको थियो । शवलाई हेलिकोप्टरमार्फत् शनिबार नै काठमाडौं लगिएको छ ।