सञ्जय कुमार मिश्र
गौर, वैशाख ३१ गते । मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार – २०८० बाट राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने भएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको उक्त पुरस्कार राससका अध्यक्ष झालाई प्रदान गरिने नेपाल पत्रकार महासंघ रौतहट शाखाका अधयक्ष प्रेमचन्द्र झाले बताउनुभयो ।
रौतहटबाट प्रसारण हुने रेडियो मधेश मसला १०६.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता पत्रकार मनोजकुमार चौधरीको कोरोना संक्रमणका कारण ४१ वर्षमा नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा २०७८ वैशाख २८ गते निधन भएको थियो ।
उहाँको निधनपश्चात् नेपाल पत्रकार महासंघ, रौतहट शाखाले पत्रकार चौधरीको सम्झनामा मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारको स्थापना गरेको थियो । यस वर्षको मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार आगामी २०८० जेठ २० गते शनिबारका दिन प्रदान गरिने भएको छ ।
पच्चीस हजार रूपियाँ पुरस्कार राशी रहेको सो पुरस्कार राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई दिइने नेपाल पत्रकार महासंघ रौतहटका सचिव मदन ठाकुर
९धनन्जय०द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । गतवर्ष उक्त पुरस्कारबाट गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएको नेपाल पत्रकार महासंघ, रौतहटका कोषाध्यक्ष धर्मेन्द्र साहले जानकारी गराउनुभयो ।