• १३ साउन २०८१, आइतबार

नक्कली भुटानी प्रकरण

प्रतीकलाई पक्राउ गर्न अदालतको अनुमती

blog

काठमाडाैँ, वैशाख ३१ गते । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । जिल्ला अदालत काठमाडौँले प्रतीकविरुद्ध शुक्रबार पक्राउ अनुमति जारी गरेको गृह मन्त्रालयका एकजना अधिकृतले जानकारी दिनुभएकाे हाे । 

नेपाली नागरिकला भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी प्रकरणमा प्रतीकको संलग्नता देखिएको छ ।

नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेकाे बताइएकाे छ ।

यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित १२ जना थुनामा छन् ।