सर्लाहीको गोडैतामा एक युवक मृत अवस्थामा फेला पर्नुभएको छ । बलरा नगरपालिका–९ का २९ वर्षीय अशोक महतो गोडैता नगरपालिका –६ स्थित सडक छेउमा रहेको रामसागर महतोको उखु खेतमा मृत फेला पर्नुभएको हो ।
अवैध रूपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योगहरू अधिकांश सञ्चालनमा आएका छन् ।
बाजुरामा असिना पानीले गहुँबाली नष्ट पारेको छ । बुधबार परेको असिना पानीले जिल्लाका विभिन्न ठाउँमा पाक्न लागेको गहुँ बाली नष्ट पारेको हो ।
प्रत्येक वर्षायाममा डबकपुरवासीलाई एउटै चिन्ता हुन्थ्यो कि बबई नदीले डुबाउँला भनेर । अब त्यो चिन्ता हटेको छ । बस्ती जोगाउन तटबन्धन सुरु गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुङ्गो लाग्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने सरकारको नीति रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको कुरा कपोलकल्पित रहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताउनुभएको छ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचार र मानव बेचबिखनको कोही पनि दोषी उम्कन नहुने बताउनुभएको छ । उहाँले कुनै व्यक्ति मन परेन भनेर जबरजस्ती तान्न खोज्ने या मेरो मान्छे परो भनेर संरक्षण गर्न खोज्ने कुनै पनि गतिविधिहरू स्वकार्य नहुने बताउनुभयो ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ कालिका नगरमा प्रस्तावित बसपार्क निर्माणको प्रक्रिया सुरु भएको छ ।
छाउनीस्थित वीरेन्द्र अस्पतालमा अत्याधुनिक एमआरआई मेशिन जडान भएको छ । यसबाट नेपाली सेनामा प्रविधिमा आधारित स्वास्थ्य उपचार सुविधाको विस्तारमा ठूलो उपलब्धि हासिल भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कायम भएको आठ वर्ष बितिसके पनि बसपार्क निर्माण हुन सकेको छैन । केही पालिकाहरुले बसपार्क पार्किङका काम अघि बढाए पनि फितलो तयारीका कारण सवारी साधन सडकमै राख्नुपर्ने अवस्था छ ।
रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव माग गरेको छ ।
नेपाल खानेपानी संस्थान, राजविराज शाखाका ग्राहकले समयमा खानेपानीको महसुल नबुझाउँदा बक्यौता रकम एक करोड ४७ लाख २५ हजार रुपियाँ पुगेको छ ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कांग्रेस सहर केन्द्रित भएको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।