• १३ साउन २०८१, आइतबार

पोलमा चढ्नुभएका माझीकाे उद्धार

blog

पोलमा चढेका बुढीगंगा –७ डंग्राहाका ४० वर्षे दिनेशकुमार माझी ।

गोकुल पराजुली

विराटनगर, वैशाख ३० गते । सडक किनाराको पर्खाल बलियो र गुणस्तरीय बनाउन माग गरेर पोलमा चढेका बुढीगंगा –७ डंग्राहाका ४० वर्षे दिनेशकुमार माझीकाे उद्धार गरिएकाे छ ।

उहाँको माग सम्बोधन गर्न गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर त्यस स्थानमा पुग्नु भएपछि माझीलाई सकुशल उद्धार गरिएको हो । 

यसअघि उहाँकाे उद्धार गर्न सुरक्षाकर्मी लागे पनि सफल नभएपछि गाउँपालिकाका अध्यक्ष त्यहाँ पुग्नुभएको हो । हाई भोल्टेज विद्युत प्रवाह भइरहेको पोलमा उहाँ बिहान ६ बजेदेखि चढ्नुभएकाे थियाे ।

१ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलबाट उहाँलाई उद्धार गर्न निकै लामो समय लागेको थियो । 

यो पनि पढ्नुहोस