रुख चढ्दै र ओर्लंदै परीक्षाको तयारी
काँक्रेविहारका जङ्गलमा करिब एक महिनादेखि १०–१२ जना युवतीको समूह रुख चढ्ने र ओर्लने प्रतिस्पर्धामा छन् । बिनाकुनै प्रविधि वा उपकरण हात र खुट्टाको चालमा सालका सुरिला र अग्ला रुखका टुप्पामा पुग्ने र झर्ने उनीहरूको कला अचम्मको छ । काँक्रेविहार मात्र होइन, वीरेन्द्रनगरमै रहेको कुइनेपानी जङ्गलका रुख पनि अहिले यस्तै प्रतिस्पर्धात्मक अभ्यासका कारण चिल्ला बन्न थालेका छन् ।
जलेकी किशोरीको मृत्यु
कालीकोटको खाँडाचक्र नगरपालिका –५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर घाइते भएकी किशोरीको मृत्यु भएको छ । शुक्रवार दिउँसो नवदुर्गा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला वनमा आगलागी हुँदा बाबुछोरी जलेर घाइते भएका थिए ।
जलेकी किशोरीको उपचारको क्रममा मृत्यु
जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी प्रहरी इन्सिपेक्टर पोषण थापाले सामुदायिक वनमा आगलागी हुदा जलेर घाईते भएककी किशोरीको मृत्यु भएको जानकारी दिनुभयो ।
सिमकोटले तयार गर्यो भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड तयार गरेर गाउँसभाबाट पारित गरेको छ ।
शैक्षिक पूर्वाधार कार्यक्रम प्रभावकारी
कर्णाली प्रदेश सरकारको ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ प्रभावकारी देखिएको छ । प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय पालिकामा सञ्चालित सो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम सुरु गरेको हो । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउँदै आएको छ । कार्यक्रमको निरन्तरतासँगै सामुदायिक विद्यालयको पूर्वाधार निर्माण तथा सुधारमा उल्लेख्य प्रगति देखिएको दाबी प्रदेश सामाजिक विकास मन्त्रालयले गरेको छ ।
भाँचिएको खुट्टाको उपचारका लागि सहयोगको माग
सिमिकोट गाउँपालिका–७ को डाँडाफया गाउँकी एघार वर्षकी बालिका घरको छतबाट लडेर दायाँ खुट्टा भाँचिएकी माया विकको उपचारका लागि सहयोग उठ्न सुरु भएको छ । आर्थिक अभावले विकको उपचारमा समस्या र विकद्वारा सहयोगको लागि याचना भन्ने सामाजिक सञ्जालमा आएपछि सहयोग जुट्न सुरु भएको हो ।
सरकारी जग्गाको दुरुपयोग हटाउन निर्देशन
जिल्ला समन्वय समिति सुर्खेतले गोदामका लागि लगिएका सरकारी जग्गा अर्कै प्रयोजनमा प्रयोग गरेको पाइएपछि हटाउने भएको छ ।
अख्तियार कार्यालय सुर्खेतमा उजुरीका चाङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको छ ।
दैनिक ११ घण्टा विद्युत् भार कटौतीले विद्यार्थी मर्कामा
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन् ।