माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु
जुम्लामा घर पोत्ने माटोको ढिस्कोमा पुरिएर एक महिलाले मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
'निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ'
प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
बाघको आक्रमणबाट एउटै घरका नौ वटा बाख्रा मरे
सल्यानको कालिमाटी गाउँपालिकामा बाघको आक्रमणबाट एउटै घरका नौ वटा बाख्रा मरेका छन् भने दुई वटा घाइते र दुई वटा बेपत्ता भएका छन्।
जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी०विरुद्ध खोप दिने तयारी भएको छ ।
प्रधानमन्त्री कार्की जुम्लामा
प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणमा आउनु जुम्ला भएको छ । उहाँ बिहानै काठमाडौंबाट मुगुको राराताल भ्रमण सकेर अहिले मुगुबाट जुम्ला पुग्नु भएको हो ।
पानी माग्दै प्रशासन घेराउ
हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको चरम अभाव भएको भन्दै स्थानीय महिलाले जिल्ला प्रशासन कार्यालय हुम्लामा घेराउ गरेका छन् । गत फागुन २२ गतेदेखि सदरमुकाम सिमकोट बजारमा खानेपानीको चरम अभाव भएको भन्दै मङ्गलबार जिल्ला प्रशासन कार्यालय हुम्लामा बजारको एकताचोक र काठे चुलीस्थित महिलाले घेराउ गरेका हुन् ।
पाँच पटक धाएपछि नागरिकताको प्रतिलिपि
हुम्लामा एक महिलाले नागरिकता हराएको १० वर्षपछि प्रतिलिपि पाउनुभएको छ । यति लामो समयपछि नागरिकताको प्रतिलिपि पाउनेमा खार्पुनाथ गाउँपालिका–१ को पिउस गाउँकी दिफकला कामी रहनुभएको छ ।
पुनर्निर्माणको पर्खाइमा ऐतिहासिक जाजरकोट दरबार
नेपालका एक सय पर्यटकीय गन्तव्य सूचीमा परेको जाजरकोट दरबार अझै पुनर्निर्माण हुन सकेको छैन । भूकम्प गएको २९ महिना बितिसक्दा पनि २५० वर्षभन्दा पुरानो ऐतिहासिक दरबार पुनर्निर्माणमा बेवास्ता गरिरहँदा थप जीर्ण बन्दै गएको छ ।
‘रुकुमको अधुरो विकासलाई पूरा गर्ने छु’
तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि रुकुमबाट जनार्दन शर्मालाई चुनाव जिताउन पटक पटक चुनावी नेतृत्व समाल्दै आउनुभएका गोपाल शर्माले यस पटक भने आफैँले सानदार रूपमा विजयी हासिल गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्नुभएका शर्मा चार पटक मन्त्री भइसक्नुभएका जनार्दनलाई पराजित गर्नुभयो । जनार्दन प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहनुभएको थियो ।