• २९ फागुन २०८२, शुक्रबार

‎हेलिबाट उद्दार गरिएकी सुत्केरीको उपचारका मृत्यु

blog

‎ हेलिमार्फत उद्धार गरिएकि अस्मिता नेपाली । तस्बिर : नौरते नेपाली

नौरते नेपाली
‎सिँजा (जुम्ला), फागुन २८ गते ।
 बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचारको क्रममा मृत्यु भएको हो । उहाँलाई बिहीबार जुम्लाबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

‎‎कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी हुनु भएकी नेपालीलाई स्वास्थ्य अवस्था जटिल भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

‎‎थप उपचारका लागि सुर्खेत अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ ।