शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, फागुन २९ गते । बुवाको हत्या आरोपमा पुतलीबजार नगरपालिका वडा नं –७ बाजपुरका ३६ वर्षीय तोरण कार्कीलाई कारागार चलान गरिएको छ ।
७१ वर्षीय बुवा तुलबहादुर कार्कीको हत्या आरोपमा उहाँका साइलो छोरा तोरणलाई कारागार चलान गरिएको हो । यही फागुन २ गते खाना खाएर आफ्नै कोठामा सुत्नु भएका तुलबहादुर ३ गते मृत अवस्थामा फेला पर्नु भएको थियो ।
प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गर्ने क्रममा मृतकको छोरा नै संलग्नता देखिएपछि पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो ।
अनुसन्धान पश्चात स्याङ्जा जिल्ला अदालतमा पेश गरिएकोमा पुर्पक्षका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरी निरीक्षक अमृत त्रिपाटीले जानाकारी दिनुभयो ।