गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १७ गते । दक्षिण एसियामा बाथरोगसम्बन्धी बहस, अनुसन्धान र नवीनतम उपचार प्रविधिको विकासका लागि दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
सैद्धान्तिक छलफलमा सीमित नरही व्यावहारिक समाधान खोज्नेतर्फ केन्द्रित रहेको सम्मेलनमा नेपालसहित दक्षिण एसियाका विभिन्न देशबाट बाथरोग विशेषज्ञ, प्राध्यापक तथा नीतिनिर्माणमा संलग्न विज्ञहरूको सहभागिता थियो । आयोजक समितिका सचिव डा. सुधीर कर्माचार्यले विशेषज्ञ सेवा, समयमै पहिचान र आधुनिक प्रविधिको पहुँच अझै सीमित रहेको अवस्थामा सम्मेलन फलदायी भएको जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनको मुख्य उद्देश्य बाथरोग क्षेत्रमा भएका पछिल्ला अनुसन्धान, नवीन प्रविधि तथा आधुनिक उपचार पद्धतिबारे ज्ञान आदानप्रदान गर्नु हो । सम्मेलनमा फिलिपिन्स, भारत, बङ्गलादेश, पाकिस्तान, सिङ्गापुर, मलेसिया, इन्डोनेसिया र श्रीलङ्काका विज्ञहरूको सहभागिता थियो ।