• १६ चैत २०८२, सोमबार

साथीको जन्मदिन मनाउन निस्केकी किशोरी मृत फेला

blog

मृतक अनु खत्री ।

सन्तोष दहित

तुलसीपुर, चैत  १६  गते  । दाङको बबई गाउँपालिका वडा ३ स्थित बनमा एक किशोरी मृत फेला पर्नुभएको छ ।

साथीको जन्मदिन मनाउन भनि १२ चैतमा घरबाट निस्केकी बबई ३ सल्लीकोट निवासी १४ वर्षीय अनु खत्री सोही स्थानको भ्यूटावर नजिकै रहेको बनमा मृत फेला पर्नुभएको हो ।  

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार सोमबार विहान १० बजेतिर प्रहरीले शव फेला पारेको हो । उहाँको शवलाई पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको छ ।

परिवारले घटना संकास्पद भएकाले सत्यतथ्य छानविनको माग गरेका छन् । प्रहरीले पनि यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।