शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, चैत १ गते ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुर बागवानी जङ्गलमा रात्रि बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार साँझ ७ः३० बजेतिर भएको दुर्घटनामा पर्साको वीरगन्ज महानगरपालिका-१, छपकैया घर भइ नवलपुरमा बस्दै आएका ३४ वर्षीय सुनिल महतोको मृत्यु भएको हो ।
महतोलाई प्रदेश २-०३-०१५ प ३३९६ नम्बरको मोटरसाइकलमा लालबन्दीबाट नवलपुरतर्फ जाँदै गर्दा विराटनगरबाट काठमाडौँ हिँडेको लु। प ०३-००१ ख ०४३० नम्बरको बसले पछाडिबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
बस र चालक इलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याएर राखिएको छ । रासस