• २३ फागुन २०८२, शनिबार

नेकपासँग रास्वपाको मतान्तर दुई हजार २३८

blog

शंकर केसी
सल्यान, फागुन २३ गते ।
सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कम्युनिष्ट पार्टीसँगको मतान्तर घटाउँदै लगेको छ । शनिबार बिहानको पछिल्लो विवरण अनुसार जिल्लामा खसेको ८३ हजार ६९२ मतमध्ये २९ हजार ६१३ मत गणना हुँदा नेकपासँग रास्वपाको मतान्तर २२३८ रहेको छ ।

नेपाली कम्युनिष्ट पार्टीका रमेश कुमार मल्लले ९१०२ मत ल्याउँदा रास्वपाका ललित कुमार चन्दले ६८६४ मत ल्याउनुभएको छ ।  

यस्तै, तेस्रो स्थानमा रहनुभएका कांग्रेसका केश बहादुर विष्टले ५८२६ प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार गुलाबजंग शाहले ५१८७ मत ल्याउनुभएको छ । नेकपाका चन्द्र बहादुर खड्काले ६५०, राप्रपाका अनिसा नेपालीले ३५९ मत ल्याउनुभएको छ ।

हालसम्म गणना भएको मतमा एक हजार ३४० बदर मत रहेको छ । यो समाचार तयार पार्दासम्म शारदा नगरपालिका–१ र कालिमाटी गाउँपालिका–६ को मतगणना कार्य जारी रहेको छ । जिल्लामा एक लाख ६२ हजार ४४९ स्थायी मतदाता थिए । यहाँ १२ राजनीतिक दल र दुई जना स्वतन्त्र गरी १४ जना उम्मेदवार छन् ।