• १ चैत २०८२, आइतबार

प्रभातफेरी कार्यक्रम गरि विश्व उपभोक्ता दिवस मनाइयो

blog

प्रभातफेरी कार्यक्रम गरि विश्व उपभोक्ता दिवस मनाउने र्‍याली ।तस्बिर :राजन रावत

राजन रावत

हुम्ला, चैत १ गते । आइतबार मार्च १५ गते विश्व उपभोक्ता दिवस हिमाली जिल्ला हुम्लामा पनि मनाइएको छ ।

उत्पादनहरू स्वास्थ्य र स्वच्छ हुनु पर्छ भन्ने नाराका साथ र्‍याली निकालेर कोण सभामा परिणत भएर दिवस मनाउने कार्यक्रम भएको हो ।

“सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” मूल नाराका साथ विश्व उपभोक्ता दिवस मनाउने कार्य भएको उपभोक्ता हकहित संरक्षण कार्यालयका निमित्त प्रमुख हिरा शर्माले बताउनुभयो ।

मुख्य नाराका साथै अखाद्य वस्तु खरिद नगरौँ, मिसावटजन्य खाद्य बस्तुको खरिद बिक्री नगरौँ, उपभोक्ता स्वयं सचेत बनौ, सामान खरिद गर्दा अनिवार्य बिल लिने गरौँ लगायतका दश वटा नारा लगाएर र्‍यालीले सिमकोट बजारको परिक्रम गरेको थियो ।

उपभोक्ता बढी जिम्मेवार हुनु पर्ने कुरालाई जोड दिदैँ सिमकोट गाउँपालिका– ५ को तल्लो बजारको धुपी रुखबाट नारा सहित र्‍यालीले महिला छात्रावास, काठेचुली, बालमन्दिर चोक, काली चोक, लोकतन्त्र चोक हुँदै एयरपोर्ट चोकमा पुगेर कोष सभामा परिणत भएको थियो ।

कार्यक्रमलाई समापन गर्दै प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले सबै सचेत र सजग रहनु पर्ने बताउनुभयो।बजार अनुगमनलाई प्रभावकारी बनाउने बताउँदै कानून अनुसार चल्न सबैलाई आग्रह समेत गर्नुभयो ।

र्‍यालीमा जिल्ला समन्वय समितिकी कावा प्रमुख सरिता रावत, सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भाम रोकाया, प्रहरी नायब उपरीक्षक शंकर खड्का लगायत विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, व्यापारी, कार्यालयका प्रमुख र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।