• १ चैत २०८२, आइतबार

घोडामा सवार भएर तीर्थयात्रामा तिर्थालु

blog

घोडामा चढेर तीर्थयात्रामा तिर्थालुहरु । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा

मुस्ताङ, चैत १ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्नका लागि रानीपौवा बजारबाट घोडामा चढेर जाँदै तिर्थालुहरु । 

रानीपौवाबाट पैदल सिंढी चढेर जान नसक्नेलाई डोली र घोडामा लैजाने गरिन्छ । मुक्तिनाथ मन्दिरमा लेक लाग्न सक्ने भएकाले तिर्थालुको उपचारका लागि हाइ अल्टिच्युट उपचार केन्द्र समेत रहेको छ ।