• ३ चैत २०८२, मङ्गलबार

भेडेटार-राजारानी-रविराँके सडक ४८ घण्टादेखि अवरुद्ध

blog

अवरुद्ध भेडेटार–रवि–राँके सडक खण्डअन्तरगत साँगुरीगढी–६, थुक्मी क्षेत्र । तस्बिर : सन्तोष सुवेदी,

सन्तोष सुवेदी

पाख्रीबास, (धनकुटा) चैत १ गते ।निर्माणधीन भेडेटार-राजारानी-रविराके सडक खण्डअन्तरगत साँगुरीगढी गाउँपालिका भेडेटार–६, स्थित थुम्की क्षेत्रको करिब ४८ घण्टादेखि सडक अवरुद्व भएको छ । 

निर्माणाधीन सडकमा शुक्रबार देखि माथिबाट झरेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोका अनुसार शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झर्न थालेपछी सडक अवरुद्ध भएको बताउँनुभयो ।

 उहाँका अनुसार जेसीविको सहायताले सडक खुलाउने काम भई रहेको छ ।उहाँले भन्नुभयो, “सडक खुलाउन प्रहरी टोलीसमेत खटाइएको छ, पहिरोको अवस्था अनुसार आज पनि सडक सञ्चालनमा आउँने सम्भावना कम रहेको छ । जसका कारण पाँचथरको रविदेखी सञ्चालन हुने लामो तथा छोटा दूरीका सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन् ।”

निर्माणधीन सडकको कटिङको काम भइरहेको र माथिबाट झरेको सुख्खा पहिरोले सडक अवरुद्व भएपछि सो स्थानको करिब एक सय मिटर क्षेत्रमा पहिरो लगातार झरिरहेको जनाइएको साँगुरीगढी गाउँपाकिला अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।

 सडक खुलाउँन लागि परिरहेको तर, सुख्खा पहिरो झरी रहने भएकाले थप समस्या आएको उहाँले बताउँनुभयो ।सडक अवरुद्ध भएपछि धनकुटाको चौबिसे गाउँपालिका माथिल्लो क्षेत्र साथै पाँचथर जिल्लाको पश्चिमी भागका तर्फको यातायात पूर्ण रूपमा प्रभावित भएको छ ।

भेडेटारबाट करिब २.५ किलोमिटर दूरीमा रहेको यस क्षेत्रमा पहिरो हटाउन प्रयास भई रहेतापनि निरन्तर पहिरो झरेका कारण समस्या भइरहेको पाइएको छ । 

अध्यक्ष राईले भन्नुभयो, “यात्रुलाई सुरक्षित र वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गररिहेका छौँ ।

वैकल्पिक सडकमार्ग अन्तरगत डाँडा बजार-बुढीमोरङ–मुलघाट साथै राजारानी-केराबारी मार्ग हुँदै यात्रा यात्रुलाई आग्रह गरिएको छ । सडक खुलाउन भारतीय निर्माण कम्पनी एप्को इन्फ्रा टेक, स्थानीय र गाउँपालिकाले प्रयास गरिरहेको छ ।”